बिहे गरेको एक घण्टा नबित्दै दुलाहाको मृत्यु


२८ भाद्र २०७५, बिहीबार
bihe

काठमाडौं, २८ भदौं । बेलायतकी एक युवतीले बिहे गरेको केही घण्टामै पति वियोग सहनु परेको छ । वेस्ट योर्कसायरनिवासी ३७ वर्षीया क्लेरले यस्तो दुर्भाग्यपूर्ण नियति भोगेकी हुन् ।

bihe

गत शुक्रबार उनले ड्यानी इम्सलेसँग बिहे गरिन् । उनीहरूले एउटा होटलमा परिवारका सदस्य तथा इस्टमित्रको उपस्थितिमा बिहे गरेका थिए ।

बिहेपछि आयोजना भएको पार्टीमा दुवै सहभागी भए । राति साढे ११ बजेतिर ड्यानीले ‘निन्द्रा लाग्यो, सुत्न जान्छु’ भने । क्लेरले ‘म चाहिँ एकछिन यहीँ बस्छु’ भनिन् । एक घण्टापछि क्लेर कोठामा जाँदा ड्यानी सुतिरहेका थिए ।

photo news 1 20180913110955

केही  भलाकुसारी गरी पुनः पार्टीमा सहभागी हुन भनेर उनी फर्किन् । एक घण्टापछि कोठामा जाँदा श्रीमानलाई अचेत अवस्थामा पाइन् । चिकित्सकलाई खबर गरियो । ड्यानीलाई मृत घोषित गरियो ।

यसबारे क्लेरले फेसबुकमा लेखेकी छिन्, ‘गएको शुक्रबार मेरो जीवनको सबैभन्दा महत्वपूर्ण दिन थियो । मैले एक जना इमानदार, फरासिला, मनकारी र मलाई औधी माया गर्ने व्यक्तिसँग बिहे गरें । त्यस्तो रमाइलो दिन मैले कहिल्यै भोगेकी थिइनँ । तर, त्यही रात मैले श्रीमानलाई गुमाउनु पर्‍यो ।’ अनुसन्धानपछि प्रहरीले ड्यानीको मृत्यु कालगतिले भएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७