सिटिजन्स बैंकद्वारा डोटीमा नगद वितरण कार्यक्रम


२८ भाद्र २०७५, बिहीबार
Pic of cash Camp 74JZuJljY1

काठमाडौं,२८ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेबोर इन्टरन्यासनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ ।

Pic of cash Camp 74JZuJljY1

विशेष गरी स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।

डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले तीन हजार छ सय ३३ परिवारलाई कूल नगद ५१,७७६,८३५वितरण गरेको हो ।

बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७