गोर्खा फाईनान्सको २३ औँ शाखा गोंगबुमा विस्तार हुँदै


२९ भाद्र २०७५, शुक्रबार
863 1502778377gorkhas finance

काठमाडौं, २९ भदौ । भूतपूर्व गोरखाहरको लगानीमा संचालित वितिय संस्था गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले २३ औँ शाखा विस्तार गर्न भएको छ ।

नेपालको प्रमुख शहरमा आफनो शाखा विस्तार गरेर सर्वसाधरणलाई वित्तिया सेवा प्रदान गर्दे आएको गोर्खाज फाइनान्सले काठमाडौं गोंगबुमा शाखा विस्तार गर्न लागेको हो ।

फाइनान्सले यहि भदौ ३१ गतेदेखि काठमाडौंको गोँगबुबाट सेवा प्रदान गर्ने गरी शाखा विस्तार गर्ने लागेको प्रिभिलेज बैंकिङ प्रमुख तथा संञ्चार संयोजक शम्भु वान्तावा राईले जानकारी दिए ।

काठमाडौंमा हेड अफिस रहेको गोर्खाज फाइनान्सले यस अघि २२ वटा शाखा संचालनमा ल्याईसकेको छ । पूर्वको विर्तामोडदेखि सुदुरपश्चिमको चाउमालासम्म शाखा रहेको छ ।

आफनो उर्वर समयमा विदेशमा खर्चेर स्वदेश फर्किएका भूतपूर्व लाउरेहरुको लगानीमा खुलेको यस वित्तिय संस्थाले गरिबीको रेखामुनी रहेको नेपाली समुदायको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउनुका लागि वित्तिय कारोबारलाई देश व्यापी बनाउने अभियान थालनी गरेको संस्थाको अध्यक्ष प्रेमबहादुर खापुङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७