सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक पारित


२९ भाद्र २०७५, शुक्रबार
aama

काठमाडौं, २९ भदौ । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।

aama
सांकेतिक तस्विर

विधेयक पारित गरियोस् भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव पेश गरेका थिए ।

यसअघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सांसद प्रेम सुवाल र दुर्गा पौडेलले छलफलमा भाग लिएका थिए । उनीहरुले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

समितिले संशोधन गरेको सो विधेयकको दफा एकदेखि १२ सम्मको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसैगरी विधेयकको दफा दुईदेखि ३७ सम्मका संशोधन पनि सर्वसम्मति पारित भएको छ । विधेयकको नाम र प्रस्तावना पनि सर्वसम्मतिले पारित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७