सिटिजन्सद्वारा काठमाडौँको चोभारमा एटीएम सञ्चालन


२९ भाद्र २०७५, शुक्रबार
citzan bank

काठमाडौं २९,भदौ । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

citzan bank

उक्त एटीएमको काठमाडौं क्षेत्र नं १० का सभासद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्लले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यसले गर्दा चोभारमा क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७