फिलिपिन्समा शक्तिशाली आँधी : तटीय क्षेत्रमा विध्वंस मच्चाउँदै, आइतबार हङकङसम्म पुग्ने


३० भाद्र २०७५, शनिबार
9b260fa571344c22818b36be1dc23325 18

काठमाडौं, २९ भदौ (एजेन्सी) । फिलिपिन्समा शक्तिशाली आँधी आएको छ । फिलिपिन्सको उत्तरपूर्वी बगाओमा शक्तिशाली टाइफुन म्याङ्कुटले शनिवार विहान १ बजेर ४० मिनेटमा प्रवेश गरेको हो ।


आधीँले उत्तरी तटीय क्षेत्रमा विध्वंस मच्चाउन शुरु गरेको छ । गए रातिदेखि नै लुजोन द्वीपमा आँधीका कारण त्यो क्षेत्रमा विजुली आपूर्ति बन्द भएको छ । २०० किलोमिटर प्रतिघन्टाको वेगमा अघि बढिरहेको शक्तिशाली टाइफुन म्याङ्कुटको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् ।

३३० किलोमिटर व्यास भएको सो आँधीले कमजोर संरचनाहरूमा निकै ठूलो क्षति पुर्याउने सक्ने समाचार एजेन्सीले जनाएको छ ।

उक्त क्षेत्रबाट हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भने कागायान, उत्तरी इसाबेला, अपायाओ र आब्रा प्रान्तहरूमा दोस्रो उच्च तहको सतर्कता घोषणा गरिएको छ ।
स्थानीय भाषामा ‘ओमपोङ’ नाम दिइएको सो आँधी ३५ किलोमिटर प्रतिघन्टाको वेगमा उत्तर पश्चिमतर्फ तिर अघि बढीरहेको छ ।


आइतबार हङकङसम्म पुग्ने

आगामी आइतवार दिउँसोसम्ममा हङकङसम्म पुग्ने बताइएको छ । हङकङमा आँधी नजिकिँदै जाँदा आँधी सम्भावित क्षेत्रका मानिसलाई घरभित्रै बस्न आह्वान गरेका छन् ।


मौसमविद्हरूले हङकङ सिमानामा आउन लागेको म्याङ्कुट एक दशक यताकै शक्तिशाली भएको बताएका छन् ।

दर्जनौँ प्रान्तहरूमा आँधीबारे चेतावनी दिइसकिएको छ । सामुद्रिक र हवाइ यात्राहरूमा रोक लगाइ सकिएको छ । विद्यालयहरू बन्द गरिएका छन् र विपद् व्यवस्थापनका लागि सेना तयार भएर बसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७