अब म्यानपावर चलाउन ६ करोड धरौटी


३० भाद्र २०७५, शनिबार
pm office


काठमाडौं, ३० भदौ । अब म्यानपावर सञ्चालनका लागि ६ करोड धरौटी राख्नुपर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले विदेश कामदार पठाउने म्यानपावरको धरौटी बढाउने निर्णय संसदमा छलफलका लागि लैजाने निर्णय गरेको हो ।

pm office



शुक्रबारको बैठकमा श्रम तथा रोजगार मन्त्रालयले धरौटी बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो । करिब एक साताअघि वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने श्रम तथा रोजगार मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित थियो ।

अब वर्षमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड राख्नु पर्नेछ । ५ हजार भन्दा कम कामदार पठाउनेको भने नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड धरौटी राख्नु पर्नेछ । यस अघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो ।

व्यवसायीहरुले धरौटी बढाउने सरकारको निर्णयको बिरोध गर्दै आएका छन् । वैदेशिक रोजगार व्यवसायी संघले यस अघि १ करोड नगद, १ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने सहमति गरेको थियो । तर, संघको बिरोधकोबीच सरकारले धरौटी बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७