निर्मलालाई न्याय माग्दै राजधानीमा गरिएकाे प्रर्दशनमा लाग्योे सरकारीविरोधी चर्को नारा (तस्बिरसहित)


३० भाद्र २०७५, शनिबार
Nirmala panta 8
????????????????????????????????????

काठमाडौं, ३० भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय माग्दै राजधानीमा बृहत प्रदर्शन भएको छ । माइतिघर मण्डलाबाट नयाँबानेश्वरसम्म हजारौंको संख्यामा निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत प्रर्दशन भएको हो ।

देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नहरूलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार असफल भएको भन्दै प्रदर्शन भइरहेको छ । ५२ दिन बितिसक्दा पनि निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै स्वतः स्फुर्त कार्यक्रम आयोजना भएको हो ।

प्रर्दशनमा सहभागीहरुले बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै ¥यालीका सहभागीहरूले सरकारविरोधी चर्को नारा लगाए । उनीहरुले प्रधानमन्त्री केपी ओलीकै आँचलमा दोषी लुकेको बताए । भने गृहमन्त्रीको राजिनामा सम्म मागे ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले ‘मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?, सरकार देखाऊ इच्छा’, ‘खै त महिला सुरक्षा ?’, ‘सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ लेखेका थिए ।

यस्तै निर्दोषलाई यातना दोषीलाई उन्मुक्ति, POLICE UNCLE AM  I  SAFe ? प्लेकार्ड बोकेका थिए । प्रहरीले बत्लाकारपछि हत्याको आरोपमा दिलिपसिंह विष्टलाई पक्राउ गरेको थिए । भने उनी निर्दोष भएको भन्दै कन्चनपुरमा आन्दोलन भएको थियो । जहाँ शन्नी खुनालाई गोली समेत हानिएको थियो ।

आज राजधानीसँगै देशभरका १९ ठाउँमा प्रदर्शन भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७