बलिउड स्टार गोविन्दा नेपालमा


३० भाद्र २०७५, शनिबार
godindra 1
gfos uf]ljGb sf7df8f}Fdf sf7df8f}Fsf] /fli6«o ;efu[xdf cfOtaf/ cfof]hgf x’g] ;LhL ;s{n cjf8{df ;xefuL x’g g]kfn cfPsf ef/tsf gfos uf]ljGb lqe’jg cGt/f{li6«o ljdfg:yndf . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ३० भदौं । बलिउडका स्टार अभिनेता गोविन्दा नेपाल आएका छन्। शनिबार दिउँसो उनी काठमाडौँ आइपुगेका हुन्।

राष्ट्रिय सभागृहमा आइतबार हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गोविन्दा काठमाडौँ आइपुगेका हुन्। दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाउने छन्।

उक्त अवार्डमा २०७४ सालको वैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्मलाई समेटिए छ र लाइफटाईम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको छ। एलजी सिने सर्कल अवार्डले यसवर्ष निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गर्ने भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७