गोर्खाहरुको गुनासो, ‘हजारौ गोर्खाहरुको समस्याप्रति सरकार अझै गम्भिर भएन’


३१ भाद्र २०७५, आईतवार
Gaeso President

किरण राई
बेलायत, १ असोज । गोर्खा भुतपुर्व सैनिकहरुले आफ्ना मागबारे गम्भिर हुन बेलायत र नेपाल सरकार समक्ष आग्रह गरेका छन् । गोर्खाहरुको मागप्रति सरकार गम्भिर हुन नसकेको उनीहरुको गुनासो छ ।

Gaeso President
गेसो सभापति कृष्णकुमार राई

शनिबार गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)ले आयोजना गरेको कार्यक्रममा गोरखा भुतपुर्व सैनिकहरुले बेलायत र नेपाल सरकार समक्ष आफ्ना मागहरुलाई सम्बोधन गर्न आग्रह गरे । लामो समयदेखि विभेदमा परेका गोरखाहरुको माग सम्बोधनका लागि आन्दोलनरत भुतपुर्व सैनिकहरुको संलग्नतामा नेपाल र बेलायत सरकारवीच त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदन दुवै देशको सरकारलाई बुझाइसके पनि कार्यान्वयन नभएको भन्दै त्यसतर्फ गम्भिर हुन आग्रह गरेका हुन् । 

तीनदशकको लामो आन्दोलनमा धेरै उपलब्धीहरु हासिल गरेपनि धेरै हाम्रा समस्याहरु अझै बाँकी रहेकाले त्यसलाई बार्ताद्धारा समाधान गर्ने पक्षमा रहेको गोरखा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले बताए । ‘गोरखाहरुको समस्या समाधानका लागि प्राविधिक समितिले दिएको प्रतिवेदनलाई चाडो भन्दा चाडो कार्यान्वयनको हुनुपर्छ भन्ने हाम्रो माग हो,’ सभापति राईले भने ‘गोरखाहरुमाथि भएको विभेदलाई अन्त्य गर्नका लागि नेपाल सरकारले ठोस पहल गर्नुपर्छ, किनभने आफ्ना नागरिकको समस्या हो । त्यो समस्याको शुरुवाती राज्यबाट नै भएको थियो । जहाँबाट शुरु भयो त्यहीबाट अन्त्य हुनुपर्छ ।’

Naresh Kamwang Book
साहित्यकार तथा गोर्खा अध्येयता नरेश काङमाङद्धारा लिखित ‘खुकुरीको धारमा’ पुस्तक विमोचन


ढिलै भएपनि हाम्रा माग पुरा हुनेमा विश्वस्त रहेको गोर्खा बुद्धिजीवि तथा गोरखा अभियान्त डा. चन्द्र लक्सम्बाले बताए । त्रिपक्षीय सन्धिको मर्म अनुसार अन्यायमा परेका गोरखामाथि न्यायलाई सार्थकता दिन कूटनीतिक पहलको जरुरत परेको उनकाे भनाइ छ । भने, ‘पटक पटक गोरखाहरुको समस्या समाधानका लागि नेपाल सरकारसमक्ष हामीले भेटेर हाम्रा मागलाई कूटनीतिक तहबाट टुंग्याउन आग्रह गरेका छौं ।’

गोरखाहरुको समस्या अध्ययन गर्नका लागि एक बर्ष अघि आन्दोनरत गोरखा सैनिक संगठन, नेपाल सरकार र बेलायत सरकारको प्रतिनिधि संलग्न प्राविधिक समिति गठन भएको थियो । 
प्राविधिक समितिले तयार पारेको प्रतिवेदनलाई कार्यान्वय तहमा लैजाने बेलायत सरकार, नेपाल सरकार र आन्दोलनरत गोरखा भुतपुर्व सैनिक पक्षवीच बार्ता टोली गठन गर्ने सहमती भएपनि कुनै काम अझै बढन सकेको छैन । 

त्रिपक्षीय संलग्नतामा बनेको प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा सम्मान पेन्सन, कटौतीमा परेकाहरुलाई क्षतिपुर्ती सहित स्टेट पेन्सन, बेलायतमा जस्तै नेपालमा बसोवास गर्ने भुपु गोरखाहरुलाई गुणस्तरीय स्वास्थ्य सुविधा, एकल महिलाहरुलाई सम्मान पेन्सन, बेलायत बसोवास गर्ने गोरखाहरुलाई नब्बे दिनको छुट्टि र गोरखाहरुले पाइरहेको निवृतीभरण राष्ट्र बैंक मार्फत पाउनुपर्ने लगायतका १३ वटा बुँदा संलग्न छन् । 

१३ वटा बुदाँको गोरखाहरुको समस्या समाधानका लागि दुवै देशको बार्ताद्धारा सम्बोधन हुनुपर्ने माग राखेको छन् ।  गोरखाहरुको समस्या समाधान चाडै हुने कुरामा आफु विश्वस्त रहेको बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गाबहादुर सुवेदीले बताए ।

Devi maya Pun
गेसो कोषाध्यक्ष देबीमाया पुन

‘गोरखाहरुको मागबारे नेपाल सरकार र बेलायत सरकारवीच कूटनीतिक पहल भइरहेको छ,’ डाक्टर सुवेदीले भने ‘हरेक समस्याहरु बार्ताद्धारा कूटनीतिक रुपमा गर्नुपर्छ । अहिले दुवै देशवीच कूटनीतिक पहल भइरहेको छ । तर सरकारवीच हुने कूटनीतिक कार्य लामो र घुमाउरो हुने भएकाले ढिला भने पक्कै भएको हो ।’

अर्थशास्त्री तथा राजनीतिज्ञ पुर्ण लोक्सनले गोरखाहरुको समस्या समाधानका लागि अहिलेको सरकार गम्भिर भएको बताए । ‘इतिहास अहिलेको सरकार अरु सरकारभन्दा गोरखाहरुको माग सम्बोधनबारे निकै गम्भिर छ,’ उनले भने ‘गोरखाहरुको समस्यालाई अहिलेको सरकारले प्राथमिकता दिएको छ । र कूटनीतिक रुपमा गोरखाहरुको समस्या समाधान गर्न अहिलेको सरकार सक्षम छ ।’

लामो समयदेखि आफुहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै सडक, सदन र अदालतसमक्ष पुगेका गोरखा भुतपुर्व सैनिक संघ गेसोले पछिल्लो पटक कूटनीतिक ढंगबाट गोरखाहरुको बिषयमा बेलायत सरकारसंग उठाउन नेपाल सरकारलाई आग्रह गर्दै आएका छन् ।

gurkha veterans



कार्यक्रममा साहित्यकार तथा गोर्खा अध्येयता नरेश काङमाङद्धारा लिखित खुकुरीको धारमा पुस्तक विमोचन पनि विमोचन गरिएको थियो । बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गाबहादुर सुवेदी र गोरखा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले संयुक्त रुपमा गरेका थिए ।

विमोचनको क्रममा पुस्तकको समक्षिा डाक्टर चन्द्र लक्सम्बाले गरेका थिए । खुकुरीको धारमा बेलायती सैनिकहरुको युद्धसम्बन्धी कारुणीक कुराहरुलाई समावेश गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरु : 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७