सुनिता थेगिम र राज रोबटकाे ‘नतर्कन ए कान्छी’ सार्वजनिक


३१ भाद्र २०७५, आईतवार
sinita thegim

काठमाडौं, ३१ भदौ । चर्चित गायिका सुनिता थेगिम र राज रोबट अजनवीको स्वरमा अत्यन्तै मिठो पुर्बेली लोक भाका ‘नतर्कन ए कान्छी’ बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो समयमा पुर्बेली लोकभाकाहरु अलिक कम बजारमा आईरहेको अवस्थामा गायिका सुनिता थेगिम र राज रोबट अजनवीले मिठो पुर्बेली लोकभाकाको गीत बजारमा ल्याएका हुन् ।

खिरिलो स्वरकी धनी गायिका सुनिता थेगिम पछिल्लो समयमा निक्कै व्यास्त गायिका हुन् । गायिका थेगिमले थुप्रै नेपाली चलचित्रहरुमा, लोक, आधुनिक, पप र लिम्बु भाषाका गीतहरु गाई सकेकी छन् ।
गीतकार सुमित्रा थुलुङ्ग ‘अश्रुधारा’को शब्द रचनामा रहेको यो गीतलाई राज रोबट अजनवी र चन्द्र श्रेष्ठले संगीत गरेका हुन् । सुमित्रा थुलुङ्ग ‘अश्रुधारा’ पछिल्लो समयमा निक्कै राम्रा गीतकारको रुपमा उदाई रहेकी छिन् ।

संगीतकार राज रोबट अजनवी लामो समय सम्म बिदेश बसाई पश्चात नेपाल आएर संगीतमै व्यास्त बन्दै आईरहेका छन् । अर्का संगीतकार चन्द्र श्रेष्ठ पनि बिदेशमै रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजि रहेका छन् ।

सार्वजनिक गीत ‘नतर्कन’ मा एरेन्ज भने अत्यन्तै प्रतिभाशाली गायक, संगीतकार तथा एरेन्जर कृष्णभक्त राईले गरेका छन् । मुस्कान मुकारुङ्गले रेकर्ड गरेको यो गीतको भिडियोलाई सुमन मगरले छायांकन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७