फिलिपिन्सदेखि हङकङ र चीनसम्म उत्पात मच्चाउने ‘टाइफुन म्याङ्कुट’ (फोटोफिचर)


३१ भाद्र २०७५, आईतवार
typhoon Mangkhut asia 1
Strong wind caused by Typhoon Mangkhut push waves up onto the waterfront of Victoria Habour Hong Kong, Sunday, Sept. 16, 2018. Hong Kong and southern China hunkered down as strong winds and heavy rain from Typhoon Mangkhut lash the densely populated coast. The biggest storm of the year left at least 28 dead from landslides and drownings as it sliced through the northern Philippines. (AP Photo/Vincent Yu)

तस्बिर : एपी, एपिएफ, साउथ चाइना मर्निङ पोष्ट

काठमाडौ, ३१ भदौ (एजेन्सी) ।  फिलिपिन्सकाे उत्तरी क्षेत्रमा शनिबार आएको ‘टाइफुन म्याङ्कुट’ आँधीले आज (आइतबार) हङकङ र चीनको पूर्वी भेगमा उत्पात मच्चारहेको छ । 

फिलिपिन्समा   आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ । आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार र आइतबार उद्धार गरिएको प्रहरीले बताएको छ ।

प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले आइतबार एक विज्ञप्ति जारी गरी मृतक सङ्ख्या ४९ पुगेको बताउनुभएको छ । यस पहिले आइतबार नै प्रहरीले दिएको जानकारीमा फिलिपिन्समा म्याङ्कुट नामक आँधीका कारण ज्यान गुमाएका नागरिकको सङ्ख्या ३० पुगेको बताइएको थियो । 

फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन टापूमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

 राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने अनुमान छ ।

हङकङ

शनिबार बिहानदेखि आएको शक्तिशाली ‘टाइफुन म्याङ्कुट’ फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा सबैभन्दा बढी जनधनको क्षति गरेको छ । फिलिपिन्समा आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

फिलिपिन्स

 मकाउ

यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाख भन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु उखेलेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।

यो आँधीले सन् २०१३ मा आएको घातक हायान आँधीलाई सम्झाएको छ जसले ७ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७