नेपालले अफगानिस्तानलाई २५ रनले हरायो


३१ भाद्र २०७५, आईतवार
cricket match

काठमाडौं, ३१ भदौं ।  भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट श्रृखंलामा पहिलो जित निकालेको छ । चौकोणीय यु–१९ सिरिज अन्तर्गत आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराएको हो ।

cricket match

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८९ रन मात्रै बनायो । १९० रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४७.४ ओभरमा सबै विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।

नेपालका लाागि सागर ढकाल र पवन सर्राफले उत्कृष्ट प्रदर्शन गरे । सर्राफले सर्वाधिक अविजित ७८ रनको योगदान गरे । कुनै समय ९०÷६ को अवस्थामा रहेको नेपालको ब्याटिंगलाई पवनले पछिल्लो क्रमका ब्याट्सम्यानहरुसँग साझेदारी गर्दै १८९ रनसम्म पु¥याए । ९६ बलको सामना गरेका सर्राफले १० चौका र १ छक्का प्रहार गरे ।

यस्तै सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २÷२ विकेट लिए ।

अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे ।

बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७