योगमाया आयुर्वेद विश्वविद्यालय ‘अरुण उपत्यका क्षेत्रमा’


३१ भाद्र २०७५, आईतवार
Yogmaya


भोजपुर, ३१ भदौ :  योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा नै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले जानकारी दिए ।

Yogmaya



योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारी निर्णय भएपनि योगमायाको तपोभूमि र कर्मक्षेत्रभन्दा बाहिर लैजाने हल्ला हुन थालेपछि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले संयुक्तरुपमा केन्द्रलाई दबाब दिने निर्णय गरेका हुन् ।

बैठकमा भोजपुरको तर्फबाट षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, उपप्रमुख मेरिका राई, पूर्वसांसद नरेन्द्र बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो ।


संखुवासभाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७