निर्माण व्यवसायीको चुनावमा घैटेका पार्टनरद्वारा उम्मेदवारी घोषणा


१ आश्विन २०७५, सोमबार
deepak gautam copy

काठमाडौं, १ असोज । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’का पार्टनर ठेकेदार दीपक गौतमले नेपाल निर्माण व्यवसायी महासंघको ११ औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । ठेकेदार गौतमको गजुरमुखी कम्पनी निकै विवादास्पद मानिन्छ ।

fb47d4f3 0c5a 4bda 9881 f7a15d930a72
दीपक गौतम, स्व. कुमार घैंटे र समीरमानसिंह बस्नेत ।

विगतमा ठेकेदार गौतमले गुण्डा नाइके कुमार घैंटेलाई प्रयोग गरेर टेण्डर हत्याउने गरेको खबर सार्वजनिक भएको थियो । गौतमले अर्का साझेदर सन्तोष गौतमलाई पनि ठेक्का हत्याउन प्रयोग गरेको समाचार बाहिर आएको थियो । सन्तोष गौतम संघका पूर्व अध्यक्ष शरद गौचन हत्यामा मुछिएका शकास्पद पात्र हुन् । सन्तोष र गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतबीच पटक पटक कुराकानी भएको तथ्य प्रहरीले फेला पारेको थियो ।

गौतमको समूहलाई काँग्रेस नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदिश नरसिंह केसीको संरक्षण रहेको छ । गुण्डा नाइके श्रेष्ठसँगको लेनदेन विवाद चलिरहेका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घैंटेलाई इन्काउण्टर गरेको थियो ।

मिलेमतोमा ठेक्का लिनेमात्र नभई गुण्डा, प्रहरी र प्रशासनलाई समेत मिलाउने उनले ठेक्का हात पार्दै आएको खबर यसअघि विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेका छन् ।

हाल सदस्य पदमा रहेका ठेकेदार गौतमले एकैपटक विना छलफल एउटा क्लबमा पुगेर महासचिवमा उम्मेदवारी दिएपछि महासंघमा आवद्ध अन्य पदाधिकारी भने निकै रुष्ट बनेका छन् । उनै ठेकेदार गौतमले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानको लागि सरकार पक्ष र निर्माण व्यवसायीबीच बृहत् अन्तरक्रियाको खाँचो रहेको बताउँदै त्यसका लागि आफूले उम्मेदवारी दिएको बताए ।

रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उनले भने,‘संघको ११ औं महाधिवेशन र २० औं साधारण सभाको लागि हाम्रो संघ तीब्र रुपमा लागेको छ । असोज ४, ५ र ६ गते काठमाडौंमा हुन गैरहेको भेलामा उपयुक्त र साना व्यवसायीको हकहितलाई ध्यानमा राखेर काम गर्ने खालको हुनुपर्छ । सार्वजनिक खरिद ऐनमा भएका त्रुटिहरुलाई सच्याउनुपर्छ, यसको लागि म पहल गर्नेछु ।’ उनले कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी आफूसँग दुई दशकभन्दा बढि काम गरेको अनुभव रहेको समेत गफ लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७