मधेशी दलको दोहोरो चरित्र सरकारमै बसेर संविधानको बिरोध


१ आश्विन २०७५, सोमबार
chhata mashal

काठमाडौं, १ असोज । मधेशकेन्द्रित दुई दलमध्ये संघीय समाजवादी फोरम सरकारमा छ ।

केन्द्र सरकारमा फोरम सहभागी छ भने २ नम्बर प्रदेशको सरकारको नेतृत्व उसैले गरेको छ । तर केन्द्र र प्रदेशमा सरकार गठन गरेको फोरमले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

जुन संविधान अनुसार उनीहरु सरकारमा सहभागी भएका छन्, त्यही संविधानको बिरोध गर्ने निर्णय फोरमको २ नं प्रदेशले गरेको छ ।

chhata mashal

फोरमको २ नम्बर प्रदेशकी प्रमुख रेणु यादवले विज्ञप्ति नै जारी गरी संविधान जारी भएको दिन असोज ३ गतेलाई कालोदिनका रुपमा बिरोध गर्ने निर्णय गरेको छ ।

एकातिर सरकारमा बसी सुखसुबिधा पनि लिने र अर्कोतिर संविधानको बिरोध गर्ने दोहोरो चरित्र फोरमले देखाएको छ ।

त्यसैगरी अर्को मधेशवादी दल राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशका मन्त्री र राज्यमन्त्रीहरुलाई संविधानको बिरोधका लागि जिल्ला जिल्लामा खटाएको छ ।

केन्द्र सरकारलाई समर्थन गरेको छ भने दुई नम्बर प्रदेशमा पनि ऊ सरकारमा सहभागी छ । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सरकारलाई समथर्न गर्ने पार्टी सत्तारुढ पार्टीकै रुपमा चिनिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७