नेपाली फेसन ब्रान्ड रिगलको सोरुम दरबारमार्गमा


१ आश्विन २०७५, सोमबार
fashian

काठमाडौं, १ असोज । नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ । ट्याग इन्टरनेशनल प्राइभेट लिमिटेड अन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेष्टुरेन्टको भवनमा सोरुम खुलेको छ ।
नविल बैंकका प्रमुख कार्यकारी अनिल शाहले शनिबार उद्घाटन गरेको उक्त समारोहमा फेसन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको उपस्थिति रहेको थियो । काठमाडौंको फेसन हव दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्तन गर्ने लक्ष्य लिएको छ ।

fashian


सोरुमको उदघाटन गर्दै बैंकर शाहले फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनौटको अवसर बढेको बताएका छन् । युवा व्यवसायीहरुको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो ।
रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत अशुतोष अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यका साथ शोरुम खोलिएको बताए ।
‘यसबाट लुक्समात्र फेरिने छैन सँगै हामी गुणस्तर, विश्वसनीयता, सस्तो र धान्नसक्ने गरी उत्पादनहरु उपलब्ध गराउने छौं’ अग्रवालले भने ।
अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरु पनि उपलब्ध गराउँदै जाने बताए । जीबी ब्रुमेल नामबाट सर्ट पाइन्टदेखि पर्ससम्मका उत्पादन राखिने उनले जानकारी दिए ।
शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुने छन् । जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुने छ । पुरुषहरुका लागि फेसन डिजाइनहरु हुने यो ब्रान्ड नेपाली हो । त्यस्तै द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो सोरुममा हुने छ ।

2

त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डि डेल्फीनो र डोरमिइएल ब्रान्डका उत्पादनहरु उपलब्ध हुनेछन् । सोरुममा लानफिको र इटालियन सुट ब्रान्ड जेग्ना पनि हुने छ ।
रियल इन्कलाई नेपालको आधिकारी फेसन हाउसको रुपमा विकसित गर्दै जाने र आवश्यकताअनुसार देशभर विस्तार गर्दै जाने अग्रवालले जानकारी दिए ।
विश्वव्यापी र क्षेत्रीय रुपमा ट्रेन्डमा रहेका फेसन उत्पादन किन्नमात्र होइन, गुणस्तरीय र विश्वसनीय सपिङको केन्द्रविन्दु बनाउने उद्देश्यसहित अगाडि बढेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७