महिन्द्रा ट्रयाक्टरको उत्सव योजनामा डेढ लाखसम्मको पुरस्कार


१ आश्विन २०७५, सोमबार
1537189604mahindra

काठमाडौं, १ असोज। महिन्द्रा अटोमोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले दशैं, तिहार, छठ तथा विश्वकर्मा पूजा जस्ता चाडपर्वहरुको अवसरमा महिन्द्रा उत्सव अन्तर्गत “चाडपर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग” योजनालाई अगाडि सारेको छ ।

यस योजनामा महिन्द्रा ट्रयाक्टरका ग्राहकहरुले निश्चित उपहारको रुपमा ४३ इन्चको एलईडी टिभि वा अधिकतम १,५०,००० सम्म नगद र पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

अग्नि ग्रुपका ट्रयाक्टर समूह अन्तर्गतका० डीजीएम प्रकाश मान शाक्यले भने, “चाडपर्वको समय भनेको खुशीयालीले भरिपूर्ण समय हो र सामान्यतया उत्सवको समयमा घरमा नयाँ सामान खरिद गरिने गरिन्छ । उत्सवको यो अनुभवलाई जीवन्त एवं सुखद बनाउन महिन्द्राले आफ्ना ग्राहकहरु समक्ष महिन्द्रा उत्सव योजना प्रस्तुत गरेको छ र यसै सिलसिलामा हामीले ग्राहकको भावनालाई आत्मसाथ गर्दै अझ बलियो सम्बन्ध स्थापित गर्न यो योजना प्रस्तुत गरेका छौं ।”

महिन्द्रा ट्रयाक्टरका कुनै पनि ग्राहकले निश्चित उपहार स्वरुप ४३ इन्चको एलईडी टीभी लिन सकिनेछ वा स्क्र्याच कुपन लिई उक्त स्क्र्याच मार्फत् १,५०,००० नगद पुरस्कार जित्न सकिनेछ । साथै बम्पर उपहारमा लक्की ड्र मार्फत ११० सिसिको महिन्द्रा सेन्चुरो मोटरसाइकल जित्न पनि सकिनेछ ।

महिन्द्रा अटोमोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले दसैं, तिहार तथा छठको अवसरमा उत्सव योजना ल्याएको छ।

‘चार्डपर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’ भन्ने नारासहित कम्पनीले यो योजना ल्याएको हो।

यस योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टरका कुनै पनि ग्राहकले निश्चित उपहार स्वरुप ४३ इन्चको एलइडि टिभी लिन सक्नेछन्। वा यसको सट्टामा स्क्र्याच कुपन लिई उक्त स्क्र्याच मार्फत् डेढ लाखसम्म नगद पुरस्कार जित्न सक्नेछन्।

साथै बम्पर उपहारमा लक्की ड्र मार्फत ११० सिसीको महिन्द्रा सेन्चुरो मोटरसाइकल दिइने कम्पनीले जनाएको छ। ‘ग्राहकको भावनालाई आत्मसाथ गर्दै चाडपर्वलाई अझ रमाइलो बनाउन र सम्वन्ध बलियो बनाउन यो योजना प्रस्तुत गरेका छौँ’ अग्नि ग्रुपका ९ट्रयाक्टर समूह अन्तर्गतका० डिजिएम प्रकाश मान शाक्यले भने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७