बलात्कृत भनिएकी आनीका बुवाले भने,‘कसैले उचालेर गुरु बिरुद्ध झुठो आरोप लगाइन्’


१ आश्विन २०७५, सोमबार
ganga moktans father rane


‘तपस्वी बमजन बिरुद्धको प्रचार धार्मिक सद्भाव बिथोल्न प्रयास’

काठमाडौं , १ असोज । बोधी श्रवण धर्म संघले तपस्वी रामबहादुर बमजनमाथि गलत प्रचार गरेर धार्मिक सद्भाव बिथोल्न खोजिएको आरोप लगाएको छ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका तपस्वी बमजनमाथि लागेको बलात्कारको आरोप निराधार भएको उसको दाबी छ ।

ganga moktans father rane
आनीका बुवा, तस्बिर : रिपोर्टर्स क्लब नेपाल


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आरोपमा कुनै सत्यता नरहेको दाबी गरेको हो । संघका सह–सचिव केवल लामाले आर्थिक हिनामिना गरेर कारबाहीमा परेकी आनीले गलत आरोप लगाएको बताए ।

भने, ‘बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एकजना आनी धर्मशीलपालना गर्न आफूलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर जुन बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ, त्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय हो ।’

Rambahadur Bamjan and his Team
तस्बिर : रिपोर्टर्स क्लब नेपाल



कार्यक्रममा बलात्कारको आरोप लगाउने युवतीका बुवा माआत्मा गुरु मार्ग गुरु रणे मोक्तानले छोरीले गुरु बमजन लगाएको आरोप झुठो भएको बताए । कसैले उचालेको भरमा यस्तो आरोप लगाएको उनको दाबी छ । ‘गुरुमाथि यस्तो झुठो आरोप लगाउनु गलत हो । मेरो छोरी भएपनि उहाँ पनि गुरुमार्ग आनी भएर बस्नुभएको थियो’, उनले भने, ’उहाँलाई कसले उचालेको छ ? किन यस्तो असत्य कुरा बोल्दै हुनुहुन्छ ? उहाँले लगाएका आरोप सत्य होइनन् ।’

संघका पूर्व अध्यक्ष कमानसिंह लामाले गुरुमाथि आरोप लगाउने गंगा मोक्तानलाई आर्थिक हिनामिना गरेको आरोपमा संघले कारबाही गरेको स्मरण गराए । उनले भने,‘धार्मिक भेटी र चन्दाबाट संकलित ८ लाख रुपमा हरायो । हराएको ८ लाख पैसाको खोजी हुँदा गंगा मोक्तानलगायत अन्य ८ जनालाई संघले धार्मिक कारबाही गरेको थियो । त्यतिवेला गंगाका बुवा गुरुकामा आत्मा रणे मोक्तानलेनै छोरीको सुटकेशमा ६ लाख पैसा रैछ भनेर हामीलाई खबर गर्नुभएको थियो । उहाँले नै आग्रह गरेपछि हामीले चोरीको मुद्दा चलाएनौं । त्यतिबेला हामीले कागजपनि गरेका थियौं ।’

संघका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको बताए । उनले भने,‘गुरुमाथि लागेको आरोपको सरकारले छानबिन गर्नुपर्छ । जसले जे आरोप लगाएपनि सत्यको जित हुन्छ ।’  लामाले मानव अधिकारको नाममा गुरुमाथि यस्तो आरोप लगाएर अमानवीय काम गरिएको आरोप लगाए ।

उनले यस्तो निराधार आरोप लगाएर देशी तथा विदेशी तत्वहरुले नेपालमा धार्मिक सद्भाव खलबलाउन खोजिरहेको बताउँदै यसतर्फ सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने पनि बताए ।


संघले अस्थिरता फैलाउन चाहानेहरु सक्रिय भएको समेत जनाएको छ । उसले भनेको छ,‘अहिले नेपालमा जुन किसिमले अस्थिरता फैलाउने प्रपञ्चहरु चलिरहेको यस नाजुक सेरोफेरोमा नेपाली मात्रले गर्व गर्न पाएको बोधी श्रवण धर्मसंघ गुरुज्यूको जन्म र सो ज्ञानमार्ग कठीन तपमार्पmत प्राप्त भूमि भएको यस महान अवशरलाई नजरअन्दाज गर्दै यसस्वी गुरुप्रति हिलो छ्याप्ने दुष्प्रयासले थप अस्थिरता भड्काउने, बढाउने कुत्सित चाल बाहेक अरु केही नभएको कुरा यो बोधी श्रवण धर्मसंघ प्रष्ट गर्न चाहन्छ र सरकारलाई यसबाट भड्कन सक्ने साम्प्रदायिकताप्रति सजग, सचेत रहन र जिम्मेवारी वहन गर्न समेत आग्रह गर्दछ ।’

संघले आफूहरु संविधानको पालना गर्न दृढ रहेको स्पष्ट पारेका छ । विज्ञप्तीमा भनएिको छ,‘ संविधानको पालना गर्न दृढ छौं र संविधानको मर्ममा प्रहार गर्ने तत्वहरुप्रति सरकारको समेत चासो र कदमको अपेक्षा गर्दछौं ।’

विज्ञप्तीको पूर्णपाठसहित

२०७५/०६/०१

धर्म संघ बोधी श्रवण गुरु संघाय महा मै मैत्री सर्व धर्म संघाय ।

श्रीमान् सम्पादक ज्यू, ……………….

बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एकजना आनी धर्मशीलपालना गर्न आपूmलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री काजुक्पा)बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर जुन बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ, त्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय भएकोले बोधी श्रवण धर्म संघ केन्द्रीय कार्यालय त्यस कुकृत्यको भत्र्सना र खण्डन गर्दछ ।

अहिले नेपालमा जुन किसिमले अस्थिरता पैmलाउने प्रपञ्चहरु चलिरहेको यस नाजुक सेरोफेरोमा नेपाली मात्रले गर्व गर्न पाएको बोधी श्रवण धर्मसंघ गुरुज्यूको जन्म र सो ज्ञानमार्ग कठीन तपमार्पmत प्राप्त भूमि भएको यस महान अवशरलाई नजरअन्दाज गर्दै यसस्वी गुरुप्रति हिलो छ्याप्ने दुष्प्रयासले थप अस्थिरता भड्काउने, बढाउने कुत्सित चाल बाहेक अरु केही नभएको कुरा यो बोधी श्रवण धर्मसंघ प्रष्ट गर्न चाहन्छ र सरकारलाई यसबाट भट्कन सक्ने साम्प्रदायिकताप्रति सजग, सचेत रहन र जिम्मेवारी वहन गर्न समेत आग्रह गर्दछ ।

हामी संविधानको पालना गर्न दृढ छौं र संविधानको मर्ममा प्रहार गर्ने तत्वहरुप्रति सरकारको समेत चासो र कदमको अपेक्षा गर्दछौं र आदरणीय पत्रकार मित्रहरु र वौद्धिक समुदायलाई गुरु आश्रम (मैत्री काजुक्पा)मा सयौं आनीहरु रहेको र ती आदरणीय आनीहरुसँग प्रत्येक्ष बुझेर यस्ता भ्रमात्मक सूचनाको सत्य तथ्य पत्ता लगाएर मात्र संप्रेशण गर्न मैत्रीय अपील गर्दछौं, न कि सतही रुपमा तथ्य र यथार्थविना नै महान आस्थामाथि चोट पु¥याउने गरी प्रहार नगर्न÷नगराउन समेत विनम्र अनुरोध गर्दछौं ।

अन्तमा बोधी श्रवण धर्म संघका तमाम भक्तहरु, अनुयायीहरु र आमसर्वसाधारणहरुलाई यस परीक्षाको घडीमा आवेगमा नआई शान्त रहन र सत्य, अपराजित रहने कुरामा दृढ रहन समेत अपील गर्दछौं ।

केवल लामा
(सह-सचिव)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७