विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतबाट फुकुवा


२ आश्विन २०७५, मंगलवार
विस्फोटक पदार्थ

काठमाडौं, २ भदौ । भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको छ ।  आजको कारोबारमा छापिएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पठाएको पत्राचारबमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो ।

सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै नेपाल आइपुग्ने सैनिक उच्च अधिकारीले जानकारी दिए ।

पछिल्लो चार बर्षदेखि भारतले सेनाले मागेअनुसार बम गोलीगठ्ठा तथा अन्य घातक सैन्य सामाग्री बनाउन चाहिने कच्चा पदार्थ उपलब्ध गराएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७