आजबाट एनसेलको आकर्षक अफर, डेटामा भारी छुटसहित लिनुस् यी सुविधा


२ आश्विन २०७५, मंगलवार
ncell

काठमाडौं, २ असोज । एनसेल प्राइभेट लिमिटेडले मंगलबार (आज) देखि आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकलाई यो अफर दिएको हो ।

ncell

ग्राहकले नयाँ अफरमा आकर्षक छुटसहितको दरमा माइ फाइभ र आइफ्लिक्स सेवा प्रयोग गर्न सक्ने छन् । एनसेलका ग्राहकले मंगलबारबाट यो अफरको लाभ लिन सक्नेछन्। यो अफर १५ दिनसम्म रहने छ ।

यस विशेष योजनाअन्र्तगत एनसेलका सबै प्रिपेड ग्राहकले ५ रुपैयाँ (कर बाहेक) मा माइफाइभ सेवा सुचारु गरी एनसेलका पाँचवटा आत्मीय (माइफाइभ) नम्बरमा मात्र ५० पैसा (करबाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्ने छन् ।

विद्यमान शुल्कमा माइफाइभ सेवा सुचालु गर्न प्रतिमहिना कर बाहेक २० रुपैयाँ र माइफाइभ नम्बरमा कुरा गर्न प्रतिमिनेट ९९ पैसा (कर बाहेक) लाग्ने जनाइएको छ । एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ५५८८ ह्यास डायल गरी अफरअन्तर्गत एक महिनाका लागि माइफाइभ सेवा सुचालु गर्न सकिने छ ।

प्रत्येक महिना स्वतः नविकरण हुने गरी माइफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स ५५९९ ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्ने छन् । पाँचवटा नम्बर माइफाइभ सर्कलमा राखिसकेपछि नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्ने छ ।

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आइफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यस अन्र्तगत ग्राहकले अब आइफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकमध्ये कुनै पनि प्याक कर बाहेक मात्र १० रुपैयाँमा सुचालु गर्न सक्ने छन् ।

विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याक एक घण्टाको आइफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाइट आइफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक ४४ रुपैयाँ २५ पैसा रहेको छ ।

 एनसेलका ग्राहकले अब आइफ्लिक्सका यी डेटा प्याक मात्र १० रुपैयाँ (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टको मनोरञ्जन लिन सक्ने छन् ।

आइफ्लिक्स एक इन्टरनेट टीभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताले चर्चित तथा आफूलाई मनपर्ने सिनेमा, टीभी शो तथा अन्य धेरै कन्टेन्ट अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् ।

यस योजनाले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी हासिल गर्न तथा मनोरञ्जनका लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७