च्याम्पियन्स लिग : आजबाट समूह चरणको खेल, यस्तो छ खेल समूह र समय


२ आश्विन २०७५, मंगलवार
champions league 18 19

काठमाडौं, २ असोज । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आज (मंगलबार) बाट शुरु हुँदैछ ।

champions league 18 19

च्याम्पियन्स लिगमा मंगलबार समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहका आठ खेलहरु हुने छन् ।
समूह चरणको पहिलो खेलमा समूह ‘बी’ मा रहेका स्पेनिस क्लब बार्सिलोना र नेदरल्याण्डसको पीएसभी इन्डोभेनबीत प्रतिस्पर्धा हुँदैछ ।

खेल बार्सिलोनाले घरेलु मैदान राति १०ः४० मा शुरु हुनेछ । त्यस्तै सोही समूहको अर्को खेलमा इङ्लिस क्बल टोटेनह्याम र इटालियन क्लब इन्टर मिलान आमने सामने हुनेछन् । खेल नेपाली समयअनुसार राति १०ः४० मा इन्टरको मैदानमा हुनेछ ।

यस्तै समूह ‘सी’ मा रहेको साविक उपविजेता इङ्लिस क्लब लिभरपुलले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) संग खेल्दैछ । खेल लिभरपुलको घरेलु मैदानमा राति १२ः४५ बाट सुरु हुनेछ । सोही समूहको अर्को खेलमा इटालियन क्लब नेपोली र सर्बियन क्लब रेड स्टार बेलग्रेड भिड्दैै छन् । खेल नेपाली समयअनुसार राति १२ः४५ देखि शुरु हुनेछ ।

यता समूह ‘ए’ मा रहेको जर्मन क्लब बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुग्रीको सामना गर्नेछ । खेल राति १२ः४५ बाट सुरु हुनेछ । यही समूहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र स्पेनिस क्लब एट्लेटिको मड्रिड पनि आमने सामने हुँदैछन् । खेल राति १२ः४५ बाटै शुरु हुनेछ ।

त्यस्तै लिग अन्तर्गत समूह ‘डी’ मा रहेको जर्मन क्लब शाल्केले पोर्चुगीज क्लब एफसी पोर्टोसँग प्रतिस्पर्धा गर्दैछ। सोही समूहको अर्को खेलमा टर्कीको गालातासारेले रसियन क्बल लोकमोतिभ मस्कोसंग प्रतिष्पर्धा गर्नेछ । दुवै खेल राति १२ः४५ मा शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७