न्याम्समा उपकुलपति तीन नाम सिफारिस, तीनमध्ये एक जना कसलाई रोज्लान् प्रधानमन्त्रीले ?


२ आश्विन २०७५, मंगलवार
bir

काठमाडौं, २ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि तीन जना चिकित्सकलाई सिफारिस भएका छन् ।

bir

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार चिकित्सक डिएन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिस गरिएको छ ।

  न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिस गरेका हुन् ।

अब न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपति चयन गर्नेछन् । कामु सचिव प्याकुरेलले १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीन जनाको नाम चयन गरिएको जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७