क्रान्तिकारीको अध्यक्षमा पुनः रायमाझी


२ आश्विन २०७५, मंगलवार
aalok rayamajhi 1

काठमाडौं, २ असोज । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन भएको छन् ।

aalok rayamajhi 1
आलोक रायमाझी

काठमाडौंमा सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज यादव, सहसचिवद्वयमा सुस्मिता कुलुङ र कमल बोहरा तथा कोषाध्यक्षमा विनोद सुदाम रहेका छन् । सात वटा प्रदेशमा समेत सात उपाध्यक्षपछि चयन गरिने अध्यक्ष रायमाझीले बताए ।

‘वैज्ञानिक समाजवाद र राष्ट्रियताका लागि २२ सम्मेलन’ भन्ने मूल नाराका साथ दुई दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो । सम्मेलनले सामुदायिक शिक्षाको रक्षा र स्तर उन्नतिका लागि शैक्षिक अभियान सञ्चालन गर्ने निर्णण गरेको छ ।

शिक्षामा रहेको सामान्तवाद अन्त्यको लागि आन्दोलन गर्ने, राष्ट्रियता र मौलिक शिक्षामा पक्षपोषण गर्ने, शिक्षामा देखिएको निजीकरण तथा व्यापारीकरण अन्त्य गर्न राज्यको दायित्व बोध गराउन दबाब दिने जस्ता प्रस्ताव पारित गरिएको अध्यक्ष रायमाझीले उनले जानकारी गराए । सम्मेलनमा ७४ जिल्लाका २५० जना प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७