उपप्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने सिके राउतका ६ कार्यकर्ता पक्राउ


२ आश्विन २०७५, मंगलवार
ck raut

सप्तरी, २ असोज । प्रहरीले सप्तरीको राजविराज, कञ्चनपुर र भारदहलगायतका स्थानबाट आज (मंगलबार) सीके राउतको स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

ck raut

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको कार्यक्रमलाई लक्षित गरी राउतका कार्यकर्ताले बिरोधको कार्यक्रम गर्ने सूचनापछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राउतका सप्तरी संयोजक सुरेन्द्र मधेशीसहितका कार्यकर्तालाई पक्राउ गरिएको हो । यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउपछि प्रहरी नियन्त्रणमा रहेका राउत समूहका कार्यकर्ता रामविनय यादवको मृत्युपछि कार्यकर्ताहरु उपप्रधानमन्त्री यादवप्रति आक्रामक बनेका छन् ।

फोरम अध्यक्ष समेत रहेका यादव मंगलवार दिउसो २ बजे राजविराजमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउँदै छन् ।

सप्तरी प्रहरीले राउतको स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्तालाई पक्राउ गरेको पुष्टि गरेको छ । पछिल्लो समय सप्तरीमा रावत समूह कार्यकर्ताले खुल्ला रुपमा देश बिखण्डनका कार्यक्रमहरु गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७