सामान्य अंकले बढ्यो शेयर बजार, मंगलबार कसको कारोबार कस्तो ?


२ आश्विन २०७५, मंगलवार
nepal stock

काठमाडौं, २ असोज । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । सोमबार थामिएको शेयर बजार सामान्य अंकले मात्रै वृद्धि भएको हो ।

nepal stock

शेयर कारोवार मापक नेप्से परिसूचक २ दशमलब ४१ बिन्दुले बढेर एक हजार २५८ दशमलब ८१ बिन्दुमा पुगेको छ ।


यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब १६ बिन्दुले बढेर २६६ दशमलब ६० बिन्दुमा पुगेको छ ।

सामान्य बिन्दुले बढेको बजारमा कारोवार रकममा भने आइतबार र सोमबारको तुलनामा घटेको छ । कूल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शेयर ४५ करोड ८६ लाख ९५ हजार ९१७ मूल्यमा खरीद बिक्री भएको छ ।

बैङ्किङ २ दशमलब १३, होटल २५ दशमलब ९३ र फाइनान्स उपसमूहको १ दशमलब ८५ बिन्दुले घट्दा विकास बैंक १ दशमलब ७१, जलविद्युत् ४२ दशमलब १२, निर्जीवन बीमा ४२ दशमलब १२, उत्पादन ८ दशमलब १२, अन्य २ दशमलब ४२, माइक्रो फाइनान्स ९ दशमलब ४५ र जीवन बीमा १९ दशमलब ६१ बिन्दुले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७