एक दिवसीय क्रिकेटमा नेपाल चौंथो


२ आश्विन २०७५, मंगलवार
nepali u 19 cricket

काठमाडौं, २ असोज । भारतको लखनउमा सम्पन्न १९ वर्षमुनिको एक दिवसीय क्रिकेट श्र्रखंलामा नेपालले चौथो स्थान हासिल गरेको छ ।

nepali u 19 cricket

लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानकोे भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो ।

त्यस्तै प्रतियोगिताको उपाधि भने भारतको बि टोलीले हात पारेको छ । आजै भएको फाइनल खेलमा भारतको बि टोलीले भारतकै ‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो ।

अफगानिस्तानको जीतमा रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बलमा २ छक्का र १२ चौका प्रहार गरे । त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २÷२ विकेट लिएका थिए ।

यता नेपालका लागि भने मोहमद आशिफ शेख र लोकेश बामले २५÷२५ रन जोडे । अरुण ऐरीले २४, पवन सर्राफले २३, सुनदीप जोराले १८, भीम सार्कीले १६, रीत गौतमले १४, मोहमद सांसद आलमले १२ तथा कमल ऐरीले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७