नमस्ते नगर्ने शिक्षकलाई वडाध्यक्षले हाने झापड, न्याय माग्दै शिक्षक पुगे नगरपालिका


२ आश्विन २०७५, मंगलवार
gopal bista

गुल्मी, २ असोज । गुल्मीका एक वडाध्यक्षले आफूलाई नमस्ते नगरेको भन्दै एक शिक्षकलाई झापड हानेका छन् ।

gopal bista

गुल्मीको रेसुङ्गा नगरपालिका–१० मा स्थित भगवती माध्यमिक विद्यालयका शिक्षक गोपाल बिष्टले आफूलाई वडाध्यक्षले नमस्ते नगरेकै कारण झापड हानेको भन्दै न्याय माग्दै नगरपालिकामा निवेदन पेश गरेका छन ।

असोज १ गते वडा अध्यक्षको धम्कीपूर्ण त्रासबाट त्रसित उनी विद्यालयमा उपस्थित छैनन । आफूलाई असुरक्षा तथा खतरा महसुस भएपछि ज्यानको सुरक्षा र मनोवल उच्च हुने गरी न्याय पाउँ भनि नगरपालिकामा निवेदन पेश गरेको जनाएका छन् ।

असोज १ गते विद्यालयका शिक्षक गोपाल बिष्ट कक्षा–८ को कम्प्युटर बिषय पढाई रहँदा वडा अध्यक्ष पदम अर्याल कक्षामा प्रवेश गरेका थिए । अध्यक्ष अनुगमनमा आएका होलान् भनि शिक्षक अध्यापनमा नै केन्द्रीत रहेका थिए ।

कक्षा कोठा घुमेर गएका अध्यक्ष अर्यालले लगत्तै शिक्षक बिष्टलाई कार्यालयमा बोलाएको र शिक्षक बिष्ट कार्यालयमा गई कुर्सीमा बस्न नपाउदै वडाध्यक्ष अर्यालले ‘तैले मलाई नमस्कार नगर्ने’ भन्दै हप्काएको निवेदनमा उल्लेख गरिएको छ ।

 शिक्षक बिष्टले आफूलाई अध्यक्ष अर्यालले तँ सुपेरियर बनेको, तैले के खोजेको भन्दै तल्लोस्तरमा झारेर गाली गरेको निवेदनमा उल्लेख गरेका छन् ।

आफू मौन रहेको अबस्थामा पनि वडाध्यक्ष अर्यालले यो अरु ठाउँ जस्तो होइन सिमिचौर हो सिमिचौर, ख्याल गर भन्दै धम्की दिएको र शिक्षक बिष्टले केही जबाफ नफर्काइ कुर्सीमा बसेको बिष्टलाई वडा अध्यक्ष अर्यालले कुर्सीबाट उठेर हातपात गर्न खोज्दै तलाई तल पु¥याई दिउँला यो सिमिचौर हो, बिचार गर भन्दै धम्की दिएको निवेदनमा उल्लेख छ । तर वडाध्यक्षले भने यस सब आफूबाट नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७