‘असोज ३’ इतिहासकै स्वर्णिम दिन : उपराष्ट्रपति


२ आश्विन २०७५, मंगलवार
nanda kishor pun

काठमाडौ, २ असोज । उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ले संबिधान दिवस नेपाली जनताले प्राप्त गरेका उपलब्धीहरु संस्थागत भएको इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धीहरु संस्थागत भएको यस स्वर्णिम दिन हो ।’

nanda kishor pun



चौथो संबिधान दिवसको पूर्वसन्ध्यामा शुभकामना जारी गर्दै पुनले जनताले संविधानप्रति अपनत्व महसुस गर्दै आदर र सम्मान गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्,‘संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्दछ । यसका लागि सरकार र सरोकारवाला पक्षहरुले प्रभावकारी कार्य गर्नुपर्दछ । हरेक जनताले संविधानप्रति अपनत्व महसुस गर्दै आदर र सम्मान गर्नुपर्दछ ।’

संविधानले कल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नाराहरु पूरा गर्न देश सबै अघि बढ्नुपर्ने उपराष्ट्रपति पुनको भनाई छ । भनेका छन्, ‘संविधानले कल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नाराहरु पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरण सहितको समुन्नती र समृद्धिको मार्गमा द्रुत्तर गतिमा अगाडि बढ्ने विश्वास लिएको छु ।’

शुभकामना सन्देश


सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस २०७५ को गौरवपूर्ण अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवम् राष्ट्रको निरन्तर समुन्नती तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आजको दिन नेपाली ईतिहासमा एउटा स्वर्णीम दिन हो । संविधानसभाबाट संविधान जारी गर्ने २००७ सालदेखिको जनकांक्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा सहादत प्राप्त गर्ने आदरणीय सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धीहरु संस्थागत भएको यस स्वर्णिम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दछु ।

नयाँ संविधान कार्यान्वयनका ऐतिहासिक सृङ्खलाको रुपमा स्थानीय, प्रदेश र संघीय निर्वाचन भई सबै तहमा स्थिर सरकार बनिसकेका छन् । आवश्यक ऐन कानूनहरु बनिरहेका छन् । संविधान कार्यन्वयनमा भएका यी उत्साहजनक परिणामहरु नेपाली जनताका सुखद उपलब्धीहरु हुन् ।
संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्दछ । यसका लागि सरकार र सरोकारवाला पक्षहरुले प्रभावकारी कार्य गर्नुपर्दछ ।

हरेक जनताले संविधानप्रति अपनत्व महसुस गर्दै आदर र सम्मान गर्नुपर्दछ । संविधानले कल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नाराहरु पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरण सहितको समुन्नती र समृद्धिको मार्गमा द्रुत्तर गतिमा अगाडि बढ्ने विश्वास लिएको छु ।

नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न संविधानको कार्यान्वयन र पालनमा सबै लागौँ । संविधान दिवसले सबैलाई यहीं प्रेरणा देओस् । धन्यवाद !’


आज्ञाले
(मनोज घर्तीमगर)
प्रेस संयोजक


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७