प्रगाढ बन्दै कोरियाली प्रेम, यसरी गरियो मुनलाई प्योङयाङमा भव्य स्वागत {फोटो फिचर}
तस्बिर ः एपी
सिओल, २ असोज । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनलाई उत्तर कोरियामा भव्य स्वागत गरिएको छ । मुनसँगै उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका हुुन् ।
उत्तरी कोरियाली नेता किम जोंग अन दक्षिण कोरियाली राष्ट्रपति चन्द्र जेई–इन पियानोङङका स्यानन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दे ।
उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुग्नु पुगेका हुन् ।
नेता कीमले प्योङयाङ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गरे । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न कीम आफैं विमानस्थल पुगेका थिए ।
सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झण्डाका साथै कोरियाली एकीकरणको सङ्केतमूलक झण्डा फहराएका थिए । दक्षिण कोरियाको झण्डा भने यहाँ फहराइएको थिएन ।
माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुबै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि सन् २००० मा कीम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गरेका थिए ।
उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तिब्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ ।
यसअघि सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुई पटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । उक्त बैठकमा कोरियाली द्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्न उत्तर कोरियाले प्रतिबद्धता जनाएको थियो ।
कार परेडको क्रमा उत्तरी कोरियाली नेता किम जोंग अन र दक्षिण कोरियाली राष्ट्रपति चन्द्र जेई–इन कुराकानी गर्दे ।
तर पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ । संयुक्तराज्य अमेरिकाले हाल उत्तर कोरियामाथि यथार्थपरक आणविक निःशस्त्रीकरणका लागि दबाब दिइआएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति चन्द्र जेई–इनलाई उत्तरी कोरियाली नेता किम जोंग अन मंगलवार स्यानन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानमा आयोजित समारोह ।
उत्तर कोरियाले भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्नुपर्ने बताउँदै आएको छ । अमेरिकी नेतृत्वको आर्थिक नाकाबन्दीका कारण चरम सङ्कट झेलिरहेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गर्ने विषय मात्र स्वीकार्य नहुने जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली नेताले उत्तरसँग यसअघि भएका सहमतिको पूर्ण कार्यान्वयनका सम्बन्धमा थप विचारविमर्श गर्ने अपेक्षा गर्नुभएको छ