सत्ता पक्ष र विपक्षी दलका युवा एकै ठाउँमा, संविधान दिवस भव्य रुपमा मनाउने


२ आश्विन २०७५, मंगलवार
youth CPN and congress

काठमाडौं, २ असोज । सत्तापक्ष र प्रतिपक्षी दल निकट युवा संगठनले संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

युवा संघ नेपालको कार्यलयमा मंगलबार बैठक बसी युवा संघ नेपाल, वाइसीएल नेपाल, तरुण दलले संविधान दिवस भव्य रुपमा मनाउने घोषणा गरेको हो ।

तीन संगठनले देशमा बढ्दै गइरहेको लैङ्गिक हिंसा तथा युवाहरुका सामुहिक मुद्धालाई एक ठाउँवाट उठान गर्दै संविधान दिव भव्य र सव्य रुपमा मनाउने भएको हो ।

देशमा वढ्दै गएको बलत्कार, हत्या, हिंसा जस्ता कुराहरु दिनानुदिन वढ्दै जानु दःखद भएको भन्दै संयुक्त रुपमा देश व्यापी यस्ता जघन्य अपराधका विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताइएको छ ।

वैठकले लोकतान्त्रिक मेला समेत गर्ने निर्णय गरेको छ । त्यस्तै नेपालबाट दैनिक हजारौं युवाहरु रोजगारीको नाममा विदेशको मरुभूमिका गइरहेकाले देशमा नै युवा मैत्री वातावरण सिर्जना देशमा रहेका दक्ष तथा योग्य युवाहरुलाई पलायन हुनबाट रोक्ने प्रकारका नीति वनाई अघि वढ्नुपर्नेमा जोड दिएको छ ।

देशमा अहिलेको अनिवार्य आवश्यकता भनेको नै देशमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलको अध्यक्षमा भएको भउक्त छलफलमा वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा –दिपशिखा), तरुण दलका केन्द्रिय उपाध्यक्ष उतम चापागाईंले, युवा संघ नेपाल वरिष्ठ उपाध्यक्ष किरण पौडेल, वाइसीएलका उपाध्यक्ष सुदिप तामाङ, युवा संघ उपाध्यक्ष प्रभात बिक्रम कटबाल लगायतका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७