राजधानीमै २१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार


३ आश्विन २०७५, बुधबार
rape case

काठमाडौं, ३ असोज । राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

rape case

स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनेसार मामा नाता पर्ने अर्जुनले दिउँसो साढे ४ बजेतिर युवतीलाई खाजा खान भन्दै होटलमा लगेका थिए ।

युवतीले आफुलाई नुवाकोट स्थायी ठेगाना भएका अर्जुन लामा, स्युचाटारकै एक होटलका सञ्चालक रामकृष्ण नगरकोटी र उनका साथी सुर्य लामाले बलात्कार गरेको बयान दिएकी छिन् ।

बलात्कारको अरोप लागेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७