प्रधानमन्त्री १३ दिन विदेशमा बस्ने


३ आश्विन २०७५, बुधबार
KP sharma oli China
फाइल तस्बिर

काठमाडौं, ३ असोज । राष्ट्रसंघको ७३ औं महासभामा जाँदा प्रधानमन्त्री केपी ओली १३ दिन विदेश बस्ने भएका छन् । न्युयोर्कका लागि शनिबार उड्ने उनी छिटोमा असोज १८ गते आइपुग्ने छन् । त्यसबीच उनले कोस्टारिकाको पनि भ्रमण गर्ने भएका छन् । अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट गरौं’ नारासहित मंगलबार महासभा सुरु हुँदैछ । प्रधानमन्त्री ओलीले असोज ११ गते साँझ उच्चस्तरीय सम्बोधन गर्ने छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ९ गते स्वागत गरेपछि ब्राजिलको सम्बोधनबाट महासभा आरम्भ हुनेछ । त्यसपछि अमेरिकाले सम्बोधन गर्नेछ ।

राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधि नहुँदा समन्वय गर्न कठिनाइ भइरहेको परराष्ट्रका अधिकारीले बताए । राष्ट्र संघको स्थायी प्रतिनिधिलाई फिर्ता बोलाएपछि सरकारले नया“ नियुक्ति गर्न सकेको छैन । महासभामा सहभागी हुने २१ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सांसदहरू, मेयर, परराष्ट्र अधिकारी र केही मन्त्रालयका अधिकारी रहनेछन् ।

प्रधानमन्त्री ओलीले प्रस्थान गर्दा वा फर्कदा खाडी मुलुक आसपासका राजदुत तथा नियोग प्रमुखलाई आफ्नो ट्रान्जिट पार्ने मुलुकमा भेला गरेर निर्देशन दिने कार्यक्रमको तयारीले अझै अन्तिम रुप पाएको छैन । प्रधानमन्त्री ओलीले अमेरिका आसपासका राजदूतलाई न्यूयोर्कमा भेला गराएर निर्देशन दिने कार्यक्रम पनि बन्दैछ ।

प्रधानमन्त्रीले न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरसस“ग भेटवार्ता गर्नेछन् । विभिन्न राष्ट्र एवं सरकार प्रमुखहरुस“ग साइडलाइन वार्ताको तयारी भइरहेको अधिकारीहरुले बताए । ओलीले एसिया सोसाइटिमा पनि सम्वोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले न्यूयोकमा रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र परिवेष्टित मुलकको विभिन्न कार्यक्रममा सक्रिय सहभागित जनाउनेछन । महासभाको साइडलाइनमा सार्क मन्त्रीस्तरिय अनौपचारिक बैठक बस्ने तय भएको छ ।

महासभा सकिएलगत्तै प्रधानमन्त्री ओलीले नेपाली स्थलमार्गबाट अमेरिका प्रवेश गर्ने एक ट्रान्जिट मुलुक कोष्टारिकाको औपचारिक भ्रमण गर्ने भएका छन । त्यहाँ उनले नेपालको द्वन्द्व ब्यवस्थापन विषयमा राष्ट्रसंघिय एक विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७