दुई चर्चित र्‍यापरबीच स्टेजमै जुत्ता हानाहान, संसारभर भयो भाइरल


३ आश्विन २०७५, बुधबार
nicki cardi 20180919060243

काठमाडौं, ३ असोज । हलिउडका दुई चर्चित महिला र्‍यापरको सार्वजनिक स्थानमा भएको कुटाकुटले दुनियाँमा तरङ्ग सिर्जना गरेको छ ।

nicki cardi 20180919060243

हलिउड र्‍यापर कार्डी बी र निकी मिनाजबीच हात हालाहाल भएको खबरले दुनियाँभर हङ्गामा मच्चिएको छ । इन्टरनेशनल हिपहप आर्टिस्ट कार्डी बी र निकी मिनाजबीच भएको घम्साघम्सी जुत्ता हानाहानसम्म पुगेको थियो ।

गएको शुक्रबार धमाकेदार माहोल र क्यामेराको बीच एक अनौठो घटना भयो । समारोह थियो, हार्पर्स बाजार आइकन्स फेसन विक पार्टीको । त्यहाँ दुवै गायिकाबीच हेर्दाहेदै भिडन्तमा परिणत भयो । सेलिब्रिटीले भरिभराउ समारोहमा अचानक घम्साघम्सी शुरु भएको थियो । कार्डी बीले अफ्नो जुत्ता फुकालेर निकी मिनाजलाई हिर्काइन् ।

उक्त समयमा त्यहाँ पार्टी चलिरहेको थियो । दर्शक क्रिस्टिनाको परफरमेन्सको पर्खाइमा थिए । त्यति बेला निकी केली रल्यान्ड र ला ला एन्थनीसँग फोटो खिचाउँदै थिइन् । निकीको आँखामा चोेट लागेको छ । यो भिडियो पछिल्लो समय इन्टरनेटमा भाइरल भएको छ ।

यसमा कार्डी बी रातो पहिरनमा छिन् । भिडियोमा उनी गायिका निकी मिनाजमाथि जुत्ता हान्दै गरेको देखिन्छिन् । उनको यो कार्यपछि त्यहाँ हङ्गामा मच्चिएको थियो । सेक्युरिटी गार्ड आफ्ना–आफ्ना स्टारको सुरक्षार्थ दौडिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७