प्रहरीको खोजीको सूचीमा रहेका सिके राउतको रामानन्द चोकमा चर्को भाषण, प्रहरी हेरेको हेर्‍यै


३ आश्विन २०७५, बुधबार
ck raut

 जनकपुर, ३ असोज । प्रहरीको खोजी सूचीमा रहेको भनिएका सिके राउतले आज (बुधबार) हजारौं कार्यकर्ताको बीचमा संविधानमा चर्को भाषण गरेका छन् ।

जनकपुरको ‘रामानन्द चोक’ मा राउतले भाषण गर्दैगर्दा राउतलाई खोजीरहेको भनिएको प्रहरी भने उनकै भाषण सुनिरहेको थियो । मंगलबार साँझसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी उनले मुख्य चोकमा संविधानको विरोधमा चर्को भाषणा दिंदा भने मूकदर्शक बन्यो ।

संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश–२ को राजधानी जनकपुरकै मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका हुन् ।

24b32736 d813 4f3e a975 aea5c30617c8

सिके राउतले जनकपुरमा भाषण गर्दा उता रुपन्देहीको गैडहवामा आमसभा भएको छ । राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जली कार्यक्रमसहित कालो संविधान भन्दै विरोध सभा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७