‘सरकारमा बस्दा–बस्दा च्यापिएको कांग्रेसको नशा अरिंगाललाई टोकाउँदा एक्टिभ हुन्छ’


३ आश्विन २०७५, बुधबार
Yogesh Bhattarai

काठमाडौं, ३ असोज । ३० भदौ २०७५ मा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलेको शब्द अहिले चर्चित छ । त्यो शब्द हो, ‘अरिंगाल ।’ सामाजिक सञ्जालदेखि संसदसम्म यो शब्द चर्चित छ ।

तत्कालीन माओवादीका नेता स्व.पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ । तर हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन । त्यो हामीले हेर्नुपर्छ । एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि ! अर्कोलाई हमला गयो ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं ?’

Yogesh Bhattarai
योगेश भट्टराई


अरिंगाल शब्द बुधबारबाट सञ्चालनमा आएको नयाँ अनलाइन पोर्टल ‘नयाँ पाइला डटकम’ को उद्घाटन समारोहमा पनि उस्तै चर्चित भयो ।

कांग्रेस प्रवक्ता शर्माले नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईलाई प्रेस विरुद्ध अरिंगाल नबन्न आग्रह गरे । उनले भने,‘मेरो कार्यव्यस्तताले आफ्ना कुरा राखेर मैले मित्र योगेशजीका कुरा सुन्न नसक्ने भएँ । केही दिनअघि उहाँले आफ्नो कुरा राखेर जानुभयो । मैले खासै उहाँका कुरा काटिन । तपाईंलाई त पार्टीबाटै अरिंगाल बन्ने निर्देशन आएको छ । प्रेस विरुद्ध अरिंगाल नबन्नुहोला ।’

उनले प्रेसमाथि हस्तक्षेप भएको भन्दै रोष प्रकट गरे । उनले सोधे, ‘समाचार लोख्नेलाई स्पष्टिकरण, समाचार साभार गर्नेलाई हतकडी के हो यो ? लोकतन्त्रमा स्वतन्त्र नभएको प्रेस कहिले स्वतन्त्र हुन्छ ?’ अहिलेको उपलब्धी प्राप्त हुनुमा सञ्चारमाध्यमको ठुलो भूमिका रहेको भन्दै उनले अहिले आएर उपेक्षा गर्न नहुनेमा जोड दिए । .

नेता शर्मापछि बोलेका नेता भट्टराईले कांग्रेस धेरै वर्ष सरकारमा बस्दा–बस्दा नशा च्यापिएको दाबी गर्दै च्यापिएको नशा सक्रिय गराउन अरिंगललाई टोकाउँन सुझाब दिए । उनले भने,‘कांग्रेस धेरै वर्ष सरकारमा बस्दा–बस्दा त्यसको नशा च्यापिएको छ । अरिंगालले टोकायो भने नशा एक्टिभ हुन्छ । अरिंगाल औषधी हो, त्यसकारण कांग्रेसलाई अलिकति एक्टिभ गर्न कहिलेकाहीँ त्यो औषधी प्रयोग गर्नुपर्ला । त्यत्तिमात्रै हो, अरु केही पनि होइन ।’

नेता भट्टराईले भने प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने भन्दै प्रधानमन्त्रीको प्रतिरक्षा गरे । उनले भने,‘ भने, २०४७ सालको अन्तरिम सरकारमा गृहमन्त्री थिए योगप्रसाद उपाध्यय । त्यो बेला पनि महिला हत्या, वलत्कारका घटनाहरु भइराखेको थियो । महिलाहरु डेलिगेशन गए । त्यसबेला उहाँले भन्नुभयो । अब महिलाहरुले नङ् पाल्नुर्पयो, खुर्सानीको धुलो बोकेर हिड्नु पर्‍यो ।’

नेकपा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, पार्टी खोल्ने, बोल्ने लेख्ने संगठन गर्ने स्वतन्त्रता र भिन्न मतहरुको रक्षा गर्ने स्वतन्त्रताको पक्षमा रहेको बताए । तर कसैले दुई लाइन केही बोलेको आधारमा धारणा बनाउँदै हिँड्न नहुने उनको भनाई छ ।

पत्रकार नै कारोबारमा फसेको, गुण्डागर्दीमा फसेको, महिला बेचविखनमा फसको वा मानव बेचविखनमा संलग्न रहेको अवस्थामा राज्यले त्यसबारे छानबिन गर्न सक्ने भन्दै नेता त्यस्ता घटनालाईसमेत प्रेस स्वतन्त्रतासँज जोड्न नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७