परीक्षामा फेल गराई दिने धम्की दिंदै छात्रामाथि यौन प्रस्ताव


३ आश्विन २०७५, बुधबार
pakrau 1

काठमाडौं, ३ असोज । परीक्षामा फेल गराई दिने धम्की दिंदै आफ्नै छात्रालाई यौन प्रस्ताव राख्ने पशु आहार महाशाखा खुमलटार (नार्क) का मुख्य विशेषज्ञ डाक्टर कार्यालयबाटै पक्राउ परेका छन् ।

pakrau 1

यौन सम्पर्कको प्रस्ताव नमानेको झोंकमा आफैंले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर ५५ वर्षीय मेघराज तिवारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते तिवारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन् ।
सिंहका अनुसार पक्राउ परेका ५५ वर्षीय तिवारी वरिष्ठ कृषि विज्ञ हुन् ।

उनी कंलकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा पढाउँछन् । सोही कलेजमा बिएस्सी अध्यनरत एक २० वर्षीया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने गरेको खुलेको एसएसपी सिंहले जानकारी दिएका छन् ।

‘तिवारीले पीडित युवतीलाई धेरै दुःख दिने गरेको पाइयो,’ एसएसपी सिंहले भने, ‘आफ्नै साथीको छोरीलाई तिवारीले पटक–पटक यौन प्रस्ताव राखेको देखियो । युवतीले नमानेपछि म्यासेजमा अश्लिल गालीगलौज गर्ने गरेका रहेछन्, जुन कुरा सहन नसकेर उनी प्रहरीमा पुगिन् ।’

तिवारीले ती छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्की समेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले अन्य छात्रालाई पनि यसरी नै दुस्ख दिने गरेको अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७