उर्जाका लागि विश्व बैंकले नेपाललाई १० अर्ब ऋण दिने


३ आश्विन २०७५, बुधबार
The World Bank

काठमाडौं, ३  असोज । नेपालको मुख्य दातृ निकाय विश्व बैंकले उर्जा क्षेत्रका लागि १० अर्ब नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको छ।

nepal bidhut pradhikaran


नेपालको उर्जा क्षेत्रमा विश्व बैंकले पहिलो पटक ऋण दिन लागेको हो। रकम उर्जा क्षेत्र सुधारमा खर्च हुने बैंकले जानकारी दिएको छ। डेभलेपमेन्ट पोलिसी क्रेडिट अन्तर्गत १०० मिलियन अमेरिकी डलर ऋण स्वीकृत भएको र यसले नेपालका नियामकको संस्थागत सुधारमा बल पुर्‍याउने विश्व बैंकको विश्वास छ।

‘यो लगानीले नेपालको उर्जा क्षेत्रको संस्थागत सुधार, परिमार्जनबाट उर्जाको गुणस्तरीय सेवा प्रवाहमा बल पुग्ने छ’ बैंकका नेपाल डाइरेक्टर फेरिस हदाद जेरोभसले भने,‘हाम्रो लक्ष्य भनेकै क्षेत्रीय उर्जा बजारमा एकिकृत गरेर प्रतिस्पर्धी होलसेल बजार बनाउनु हो।’

नेपालको मुख्य दातृ निकाय विश्व बैंक समूहका संस्थाहरुले लगानीमा सक्रिय रहेका छन्। हाल बैंकले २२ आयोजनामा २ अर्ब ५० करोड अमेरिकी डलर लगानी प्रतिबद्धता रहेको छ। बैंकले २०१८ देखि ०२० सम्म १ अर्ब ३९ करोड डलर लगानी गर्ने जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७