विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च


४ आश्विन २०७५, बिहीबार
artha

काठमाडौं, ४असोज । गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

चार हजार ८४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २२२ रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम राज्यकोषबाट खर्च भएको प्रतिववेदन तयार परेको छ।

कार्यदलले आर्थिक वर्ष २०७४र७५ मा कर्मचारीका तर्फबाट भएका वैदेशिक भ्रमणसम्बन्धी अध्ययन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७