स्वास्थ्य मन्त्री ज्यू, संवैधानिक निकायमा उमेर हद लाग्ने, न्याम्सको उपकुलपतिमा ६६ बर्षकालाई ल्याउने ?


४ आश्विन २०७५, बिहीबार
upendra dn

काठमाडौं, ४ भदौ । उमेर हदले ६५ बर्ष नाघिसकेका डा. डीएन साहलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को उपकुलपति बनाउने निर्णयमा स्वास्थ्य मन्त्री पुगिसकेका छन् । मन्त्री यादव संयोजक, डा. धर्मकान्त बाँस्कोटा र डा. सुशील प्याकुरेल सदस्य रहेको रहेको न्याम्स उपकुलपतिसिफारिस समितिले डा. डीएन साह, ढुण्डीराज पौडेल र डा. अजित रायमाझीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

upendra dn
स्वास्थ्य मन्त्री उपेन्द्र यादव र डा.डीएन साह

न्याम्सको उपकुलपतिका लागि २२ जनाले आवेदन दिएकोमा ६ जनाको नाम सर्टलिष्टमा परेको थियो । चिकित्सकहरु लोकविक्रम थापा, रमेशकान्त अधिकारी, दामोदर पोखरेल, सेनेन्द्रराज उप्रेती, भगवान कोइराला, डा. केके राई, अन्जनीकुमार झा, डा. जगदिशप्रसाद अग्रवाल र अर्जुन कार्की रहेको विज्ञ टोलीले ६ जनाको नाम सर्टलिष्टमा पारेको थियो । सर्टलिष्टमा परेका ६ चिकित्सकहरुमा अजित रायमाझी, गेहनाथ बराल, ढुण्डीराज पौडेल, देवनारायण साह(डीएन) विधाननिधि पौडेल र विश्वनाथ यादव थिए । सर्टलिष्टमा परेका डा. गेहनाथ बराल न्याम्सकै एमडीका विद्यार्थी हुन् । जुन संस्थामा अध्ययन गरिरहेको छ, त्यही संस्थाको उपकुलपतिमा दाबी गर्ने बराललाई सर्टलिष्टमा ६ जनाभित्र छनोट गरिनुले योग्य ब्यक्तिलाई पन्छाएर अयोग्य ब्यक्तिको संख्या बढाउने र उपकुलपतिमा आफ्नो मान्छे पार्ने खेल खेलिएको वीर अस्पतालका एक चिकित्सकले बताएका छन् ।

ती चिकित्सका अनुसार न्याम्सको उपकुलपतिका लागि एक से एक विज्ञ चिकित्सकले निवेदन दिए पनि उनीहरुलाई सर्टलिष्टबाटै आउट गरिनुको कारण साहलाई उपकुलपति बनाउनका लागि हो भन्ने पुष्टी भएको छ । न्याम्सको उपकुलपति साहलाई बनाउने खेलमा उपेन्द्र महतो नै लागेका छन् । यसमा ठूलै रकमको चलखेल महतोमार्फत् भएको छ ।


संवैधानिक निकायमा उमेर हद लाग्ने, न्याम्समा चाहिँ किन नलाग्ने ?

संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लोकसेवा आयोग, महालेखा परीक्षक कार्यालयको पदाधिकारी हुन उमेर हद ६५ बर्ष तोकिएको छ । ६५ बर्ष उमेर पुगिसकेपछि संवैधानिक निकायबाट अवकाश हुनुपर्छ । तर न्याम्सको उपकुलपतिमा आवेदन दिएका डा.डीएन साहको उमेर हद ६५ बर्ष नाघिसकेको छ । उनको उमेर ६५ बर्ष ११ महिना २० दिन भइसकेको छ । ६५ बर्ष पुगिसकेपछि मानिसले काम गर्न नसक्ने भएकै कारण उमेर हद राखिएको हो । निजामती सेवामा ५८ बर्ष उमेर हद छ । स्वास्थ्य सेवामा ६० बर्ष छ । संवैधानिक निकायमा ६५ बर्ष छ । तर न्याम्सको उपकुलपतिका लागि ६५ बर्ष उमेर कटिसकेका साहलाई नियुक्ति गर्न स्वास्थ्यमन्त्री लागेका छन् ।

स्वास्थ्य मन्त्री यादवले उमेरले नेटो काटिसकेका साहलाई उपकुलपतिबनाएर न्याम्स(वीर अस्पताल)को विकास गर्न खोजेका हुन् कि स्वास्थ्य माफियाको स्वार्थ पूरा गर्न खोजेका हुन् ?
बीर अस्पतालका चिकित्सकहरुले न्याम्सबाहिरबाट उपकुलपतिबन्न आए आफूहरुलाई मान्य नहुने भन्दै चेतावनी दिदै आएका छन् । र, न्याम्स बाहिरका उपकुलपतिनियुक्ति गर्ने संकेत पाएपछि अस्पतालमा काम ठप्प पार्ने चेतावनी कर्मचारी र चिकित्सकहरुले दिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७