च्याम्पियन्स लिगमा रोनाल्डो रुँदै मैदानबाट बाहिरिए


४ आश्विन २०७५, बिहीबार
Ronaldo 2

काठमाडौं, ४ असोज । युभेन्टस क्लबबाट च्याम्पियन्स लिगको पहिलो खेलमै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले  रातो कार्ड पाएपछि रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए।

Ronaldo 2


बुधबार राति भ्यालेन्सियाविरूद्धको खेलको २९ औं मिनेटमा भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिलोको कपाल तानेपछि रेफ्री फेलिक्स ब्रिचले रोनाल्डोलाई रातो कार्ड दिएका हुन्।

रोनाल्डो बाहिरिए पनि १० खेलाडीमा सीमित भएको युभेन्ट्सले त्यसपछि पाएको २ वटै पेनाल्टीमा गोल गर्दै खेल २-० ले आफ्नो पक्षमा पार्‍यो। रातो कार्ड पाएपछि रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए। युइएफएले अहिले नै उनलाई कतिवटा म्याचमा निलम्बन गर्ने निर्णय गरिसकेको छैन।

9ded0165 128a 43c7 8fb9 8338b6ad144d

तर स्वभाविक रूपमा हुने  एक म्याचको भन्दा धेरैमा निलम्बन भए उनले  पूर्वक्लब म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने समूह चरणको खेल पनि गुमाउनेछन्।
१० करोड पाउन्डमा रियल मेड्रिडबाट युभेन्टस गएका रोनाल्डोले  इटालियन क्लबमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्।  घरेलु लिगका सुरूका तीन खेलमा गोल गर्न नसकेका रोनाल्डोले चौथो खेलमामात्र २ गोल हानेका थिए।

Cristiano Ronaldo red card


म्यान्चेस्टर युनाइटेडमा एक पटकसहित पाँच पटक च्याम्पियन्स लिग जितेका प्रतियोगिताको इतिहासमै सर्वाधिक गोल गर्ने रोनाल्डोको ह्याट्रिक रेकर्ड मंगलबारमात्रै मेसीले तोडेका थिए।

एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७