अब नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडान, यसरी हुँदैछ स्तोरन्नति


४ आश्विन २०७५, बिहीबार
nepalguange airport

नेपालगञ्ज, ४ असोज । नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ ।

nepalguange airport

पालगञ्ज विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विमानस्थल स्तरोन्नतिका लागि ढाँचा बनाउने काम भइरहेको छ । दुई महिनामा यो काम सकिएपछि बोलपत्र प्रक्रिया अघि बढ्ने निर्देशक ठाकुरले जानकारी दिए ।

यसैगरी, विमानस्थल क्षेत्रमा नेपाली सेनाले सञ्चालन गर्दै आएको खाजा घर समेत खाली गराइएको छ । त्यहाँ प्रतिक्षालय कक्ष र व्यवस्थित खाजा घर बनाउने निर्देशक ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७