प्रहरीकाे अपराध महाशाखा र सीआइबी सुस्त


५ आश्विन २०७५, शुक्रबार

काठमाडौं, ५ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अपराध अनुसन्धान महाशाखाको कामकारबाही प्रभावकारी हुन नसकेको अनुभूति सबैले गरेका छन् । संगीन र जटिल प्रकृतिका अपराध अनुसन्धान गरी ख्याती कमाएको सीआइबीको त चर्चा नै हुन छाडेको छ ।

nepal police

आइजीपी सर्वेन्द्र खनालले सीआइबीको प्रमुखको जिम्मेवारी दिएका डीआइजी नारायणसिंह खड्काले ‘परफरमेन्स’ नै देखाउन नसकेको उनको ४ महिने कार्यकालले देखाएको छ । उनी सीआइबीमा पदस्थापन भएको ठ्याक्कै ४ महिना पुगेको छ ।

यसबीचमा सीआइबीले अपराध अनुसन्धानमा प्रभावकारिता देखाउन नसकेकोमात्र होइन, कन्चनपुरमा बलात्कार गरी मारिएकी निर्मला पन्तको घटना अनुसन्धान गर्न गएका प्रहरी अधिकृत अंगुर जीसीसहितका प्रहरी अपराधी पत्ता लगाउन नसकेपछि निलम्बनमै परेका छन् ।


त्यस्तै, अपराध अनुसन्धान महाशाखाले पनि विगतमा जस्तो काम देखाउन नसकेको गुनासो छ ।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहबाट धेरै आशा गरिए पनि उनको टीम प्रभावकारी हुन नसकेकाले उनी पनि सफल हुन सकेका छैनन् । कांग्रेस कार्यकर्ता तथा अनुपम फुडल्याण्डका संचालक कृष्ण पौडेलको इशारामा उनी चल्ने गरेको आरोप छ ।

महाशाखामा एसएसपी सिंहले डीएसपीको रुपमा सरुवा गरेका सोमेन्द्रसिंह राठौर एसपी बढुवापछि पनि त्यहीँ पदस्थापन भए ।

एसपी राठौर र डीएसपी रुगम कुँवर महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अति निकट मानिन्छन् । तर उनीहरुले वरिपरि यस्ता पात्रहरु राखेका छन्, जो विगतमा पटक पटक आर्थिक अनियमिततामा मुछिएका छन् ।

राठौर र कुँवरका निकट असई प्रनानि (सई) आशुतोष शाह दरबारमार्गको एलिस रेष्टुरेन्टमा २०७५ भदौ २ गते मदिरा र खाना खाएर बिलको रकम माग्दा धम्की दिएपछि आइजीपी सचिवालयमा गुनासो पुग्यो । र, महाशाखाले नै उनलाई रेस्क्यु गरी मापसे चेक गराएर घरमा लगेर छाडेको थियो ।

यसैबीच, चितवनमा जुवा अखाडादेखि तस्कर र विभिन्न ब्यवसायीसँग घुस असुलीमा निकै बदनाम भएका प्रसनि(असई) कमल क्षेत्री भन्ने कमल परियारलाई पनि डीएसपी कुँवरले अपराध महाशाखामा ल्याएर असुलीमै लगाएको समाचार छ ।

स्रोतका अनुसार क्षेत्री चितवनमा विवादमा परेपछि सप्तरीमा सरुवा भएका थिए । चितवनमा धेरै नै विवादमा परेका उनी निर्वाचनमा सप्तरीमा खटाउँदा समेत गएनन् । उनको दरबन्दी रहेको सप्तरीमा नगएपछि उनका बारेमा ब्यापक बिरोध भएपछि यसअघिका चितवनका एसपी दीपक थापाले उनलाई सप्तरीमा रमाना दिएका थिए ।

रुगम कुँवर चितवनमा प्रहरी निरीक्षक हुँदै क्षेत्रीको असुली क्षमताबारे जानकार भएकाले उनले उनलाई महाशाखामा ल्याएका छन् ।

सुनप्रकरणमा सई बालकृष्ण संजेल र डीएसपी प्रजित केसीको गाडी चलाएर मोरङमा सनम शाक्यको सब ब्यवस्थापन गर्न गएका चालक सुरेन्द्र कार्कीलाई पनि डीएसपी कुँवरले घुमुवा राखेका छन् ।

सुन छानबिन समितिले उनलाई पनि बयान लिएर छाडेको थियो । कार्की ६ बर्ष चितवन जिल्ला प्रहरीमा घुमुवा बसेका थिए । चितवन घर भएका उनलाई कुँवर प्रहरी निरीक्षक हुँदा पनि घुमुवा राखेका थिए ।

अहिले महाशाखामा पनि उनी कुँवरकै घुमुवा छन् । कार्की चितवनमा ५ बर्ष घुमुवा बसी अति बदनाम भएपछि सरुवा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७