लालबाबु पण्डित गुमराहमा, भूमिब्यवस्था मन्त्रालयमा सचिवको मनपरी


५ आश्विन २०७५, शुक्रबार
gopi mainai

काठमाडौं, ५ असोज । भूमिब्यवस्था तथा सहकारी मन्त्री विदेश भ्रमणमा गएको मौका छोपी सचिव गोपी मैनालीले विवादास्पद सहसचिव टीकाराम घिमिरेलाई मन्त्रालयमा ल्याएका छन् । उनलाई सरकारले २०७५ बैशाख २६ मा वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेको थियो ।

सरुवा भएको करिब साढे तीन महिनापछि उनी रमाना लिएर वन मन्त्रालयमा गएका थिए । तर वनले पनि उनी विवादास्पद सहसचिव भएकाले हाजिर गराउन मानेन । वनले हाजिर गराउन नमानेका विवादास्पद सहसचिव घिमिरेलाई सचिव मैनालीले मन्त्रीसँग सल्लाह नै नगरी भूमि ब्यवस्था मन्त्रालयमा ल्याएका छन् ।

gopi mainai
लालबाबु पण्डित र गोपी मैनाली ।

सचिव मैनालीले निर्वाचन आयोगमा रहँदा प्रमुख आयुक्त र आयुक्तहरुसँग पैंठोजोरी खेलेर सरुवा भएका थिए । अहिले भूमिब्यवस्था मन्त्री पद्मा अर्याललाई अप्ठेरोमा पार्न उनी लागेका छन् । भूमिसुधारका अधिकरीहरु भन्छन्, ‘सहसचिव घिमिरे सचिव मैनालीलाई मालपोत कार्यालयहरुबाट उठाएर दिने दाता हुन् ।’

काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुबाट एक बर्षको बीचमा गैरकानुनी रुपमा कित्ताकाट गर्ने क्रममा अरबौं घुस कारोबार भएको थियो । त्यसको हिस्सा सहसचिव घिमिरेले कार्यालय प्रमुखहरुसँग लिंदै सचिव मैनालीलाई बुझाउने गरेकै कारण उनलाई मन्त्रीको सहमति विपरीत ल्याएका छन् ।

सहसचिव घिमिरे २०२१ मा मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारको प्रधानमन्त्री निवाससँगैको १ सय ४२ रोपनी जग्गा कानुन विपरीत गुृठी कायम गर्ने मुख्य नाइके हुन् । उनले मन्त्रीलाई घेराबन्दी गर्न सल्लाह नै नगरी मन्त्रालयको कानुन महाशाखाको प्रमुख र लेखाको प्रमुख ल्याएका छन् ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको भनाइ र ब्यवहारमा फरक देखिएको छ । अघिल्लो पटक डीभी पीआर विरुद्ध अभियान चलाएर चर्चामा आएका पण्डित यो पटक अनेक विवादमा पर्दै गएका छन् । उनले आकर्षक कार्यालयबाट आकर्षक कार्यालयमा सरुवा नगर्ने भाषण गरे पनि ब्यवहारमा त्यसविपरीत हुँदैआएको छ ।

मालपोतबाट यातायात र यातायातबाट मालपोत कार्यालयमा सरुवा नगर्ने उनले भाषण गरेको एक हप्तामै नायबसुब्बा रमेश गुरागाईलाई ललितपुर मालपोतमा सरुवा गरिएको छ । नासु गुरागाई मनमैजु मालपोत कार्यालयमा ४ बर्ष, त्यसपछि सुकेधारा यातायात कार्यालयमा ४ बर्ष काम गरेपछि भर्खरै भूमि ब्यवस्थापन विभागमा सरुवा भएका छन् ।

विभागबाट उनी ललितपुर मालपोत कार्यालयमा सरुवा हुने भएका छन् । सामान्य प्रशासन मन्त्रालयले नै उनलाई भूमि ब्यवस्थापन विभागमा सरुवा गरेको हो । सामान्य प्रशासन मन्त्री पण्डितको सचिवालयका कर्मचारीले घुस लिएर उनलाई विभागमा सरुवा गरेको छ ।

विभागबाट ललितपुर मालपोतमा सरुवा गर्नका लागि ट्रेृड युनियनका एक पदाधिकारीले दिनमा २ कल फोन महानिर्देशक मुक्ति आचार्यलाई गर्दैआएका छन् ।

एक नासुले मन्त्रीको सचिवालयका कर्मचारीलाई प्रभावमा पारी भूमि ब्यवस्थापन (मालपोत) विभाग र त्यहाँबाट ललितपुरमा सरुवा हुन ट्रेड युनियनका पदाधिकारीलाई प्रभावमा पारिसकेका छन् । उनको एक दुई दिनमा नै ललितपुर मालपोत कार्यालयमा सरुवा हुने निश्चित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७