अस्करको लागि निताको ‘पञ्चायत’ छनोट


५ आश्विन २०७५, शुक्रबार
Nita dungana

काठमाडौं, ४ असोज । विश्वको प्रसिद्ध मानिएको अस्कर अवार्डमा नेपालको तर्फबाट ‘पञ्चायत’ छनोट भएको छ ।

सन् २०१९ को आगामी फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने ९१ औं अस्कर समारोहमा  ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा नेपालबाट अभिनेत्री नीता ढुंगाना स्टारर फिल्म ‘पञ्चायत’ भएको हो ।

‘द अस्कर अवार्ड’को विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा नेपालबाट विदेशी भाषी चलचित्र छनोट समितिले ‘पञ्चायत’ छनौट गरेको हो । तीनवटै फिल्म सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जना रहे पनि प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी ‘पञ्चायत’ लाई छानिएको छनोट समितिको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपालको तर्फबाट अस्करमा सहभागी हुन् तीन चलचित्र ‘तान्द्रो’, ‘पञ्चायत’, तथा ’माई लभ प्रोमिश फर काठमाडौँ’ दर्ता भएका थिए । जसमा ‘पञ्चायत छनोट भएको हो ।

शिवम अधिकारी निर्दे्शित फिल्ममा ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई देखाइएको छ । अभिनेता सरोज खनाल पनि फिल्ममा प्रमुख भूमिकामा छन् ।

२०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका फिल्महरुले नेपालको छनोट चरणमा सहभागी हुन पाउने प्रावधान थियो ।

विमल पौडेलको अध्यक्षता रहेको छनोट समितिमा चिरञ्जीवी गुरागाईं सचिव, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली र सामीप्यराज तिमल्सेना सदस्य थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७