सन्नीको सुझाव, ‘भाँडा माझ्न निर्धक्क पतिलाई अराउनुहोस्’


५ आश्विन २०७५, शुक्रबार
sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनीले महिलाहरूले आफ्नो आवाज आफै उठाउनुपर्ने बताएकी छन्।

sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

उनले महिलाले आफूलाई लागेको कुरा बोल्नुका साथै मन लागेको काम गर्नुपर्ने धारणा राखेकी हुन्।

‘प्रत्येक केटीले आफ्नो इच्छा र सपनालाई पछ्याउनुपर्छ। यी कुराहरूले नै महिलालाई बलियो बनाउँछ र उनीहरू आत्मविश्वासी बन्छन्’  उनले भनिन्।

मंगलबार म्याडम टुसादमा आफ्नो मैनमूर्तिको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै सन्नीले समाजमा परिवर्तन ल्याउनका लागि सबैभन्दा पहिलो स्वयंमा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा राखेकी थिइन्।

‘घरमा महिलाहरूले आफूलाई लागेको कुरा स्वतन्त्र रूपमा भन्नसक्नुपर्छ। जस्तै यदि उनीहरूलाई भाँडा माझ्न मन छैन भने सो काम गर्नका लागि आफ्ना पतिलाई निर्धक्क भन्नसक्छन्। सानोसानो छनौटले देशका महिलाहरूको स्तरमा परिवर्तन ल्याउन सक्छ र त्यो काम सबैभन्दा पहिला घरबाट सुरू हुनुपर्छ भन्नेमा मेरो विश्वास छु, उनले थपिन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७