राशिफल :वि.सं. २०७५ साल असोज ७ गते।


७ आश्विन २०७५, आईतवार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल असोज ७ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्दशी, ३०:३१ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– शतभिषा, २२:१९ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– शूल, २९:४७ बजेउप्रान्त गण्ड। करण– गर, १७:४७ बजेदेखि वणिज, ३०:३१ बजेउप्रान्त वणिज। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान ३० घडी १३ पला। अनन्तचतुर्दशी व्रत। सायन सूर्य तुलामा १४:०६ बजे प्रवेश।

मेष

 बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

बृष

 नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

मिथुन

 वैदेशिक कार्य अघी बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

कर्कट

 प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

सिंह

 विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

कन्या

 ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

तुला

 दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । साथीभाइबाट हौसला प्राप्त हुनेछ ।

बृश्चिक

 यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ ।

धनु

आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

मकर

 इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कुम्भ

नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

मीन

 प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर हुनेछ ।  

असोज ५ देखि १० गतेसम्मको राशिफल

मेष  

अध्ययनमा लगानीअनुरूप नै सफलता हात लाग्नेछ । अवसरका लागि क्षमतावान् व्यक्तिसँग प्रतिस्पर्धा हुनसक्छ । परिश्रम तथा बुद्धिको सहायताले उचाइमा पुग्न सकिनेछ । परिवारजनको भावनालाई आत्मसात् गर्दा समस्या पहिचान गर्न मद्दत मिल्नेछ । आलोचना गर्ने आफन्तजन नजिकिनेछन् । भोज–भतेरमा संयमित रूपमा प्रस्तुत हुनुहोला ।

वृष  

भविष्यका निम्ति दिगो जग बसाउने बेला आएको छ । नयाँ संगतमा प्रेम अंकुरित हुनसक्छ । छोटो समयमै घुलमिल हुन खोज्नेहरूसँग सचेत रहुनुहोला । मान्यजनको सुझाव आत्मसात् गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा गरिएका प्रयास लक्ष्यमा पुग्नेछन् ।

मिथुन स्

काममा सफलता मिल्नेछ । व्यवसायबाट लाभ लिन केही समय कुर्नुपर्नेछ । सामाजिक काममा सहभागी हुने अवसर जुट्नेछ । साथीभाइसँगको सम्बन्ध प्रगाढ रहनेछ । खराब आचरण हुनेहरूले जालझेल गर्न सक्छन् । प्रलोभन देखाउनेहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने प्रयास गर्नुहोला ।

कर्कट स्

आर्थिक लगानीबाट सन्तोषजनक परिणाम हात लाग्नेछ । कार्य क्षमतामा वृद्धि भै सोचेका कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकाबीचको मधुरताले पारस्पारिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउनेछ । दुर्घटनाबाट जोगिन संयमको खाँचो छ । सेतो रंगको प्रयोग फलदायक रहला ।

सिंह स्

पारिवारिक जिम्मेवारीले मन पिरोल्न सक्छ । परिस्थितिलाई बेवास्ता गरियो भने समस्या निम्तिन सक्छ । मन पराउने साथीहरू नजिक हुन खोज्दैछन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । भोज–भतेरमा सहभागी हुँदा समय तथा स्वास्थप्रति सचेत रहनुहोला । रातो पहिरनले विविध अवसर दिलाउनेछ ।

कन्या स्

कार्यव्यस्तताले गर्दा परिवारका सदस्यहरू रुष्ट हुन सक्छन् । घर–परिवारलाई पनि समय दिनुहोला । विभिन्न अवसरले पिछा गरेको अवस्था छ । आम्दानी राम्रै भए पनि खर्चले पिरोल्न सक्छ । प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै आफ्नो कल्याण छ ।

तुला स्

लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर जुट्नेछन् । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । अरुको मुख नताकी निर्णय लिँदा थप अवसरको ढाको खुल्नेछ । यात्रा गर्दा मौसमको ख्याल गर्नुहोला ।

वृश्चिक स्

भोज–भतेरमा पुराना मित्रसँगको भेटले पर्याप्त मनोरञ्जन प्रदान गर्नेछ । भौतिक सुखबाट मात्र ढुक्क हुन नसकिएला । विश्वास पात्रले कुरा काटदा मन खिन्न हुनेछ । पारिवारिक सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । साताको अन्त्यमा पूण्य कर्मतर्फ रुचि बढ्नेछ ।

धनु स्

नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । भविष्यको चिन्ताले सताउन सक्छ । स्वार्थी साथीहरूका कारण मन खिन्न हुनेछ । काम सम्पन्न गर्ने क्रममा अपजसको सामना गर्नुपर्ला । सामाजिक कामले संयमित रहन प्रेरित गर्नेछ । परिवर्तित मौसमका कारण स्वास्थ्य बाधा हुनसक्छ ।

मकर स्

मेहनतले कार्य सम्पन्न गर्न सहज बनाउनेछ । प्रेमी–प्रेमिकाबीचको तितोपन अझ वृद्धि हुन सक्छ । कम बोल्नुमै फाइदा होला । बलमिच्याइँ गरे काम बिग्रने सम्भावना छ । विदेश जाने प्रक्रियामा बढी खर्च भए पनि ढिलो गरी सफलता हात लाग्नेछ ।

कुम्भ स्

गोपनीयतामा विशेष ध्यान दिनुहोला । कुरा काट्नेहरू सलबलाएको अवस्था छ । मनभित्र उब्जिएको चञ्चलतामा संयमित रहनुमै आफ्नो कल्याण छ । अधुरा काम क्रमिक रूपमा सुचारु हुनेछन् । अबेरसम्म यात्रा गर्दा ध्यान पुर्‍याउनुहोला ।

मीन स्

आफ्नै जुक्ति बुद्धिले प्रतिकूल अवस्थालाई अनुकूल बनाउन सकिनेछ । आर्थिक पक्ष सबल हुँदै जानेछ । विदेश भ्रमणको अवसर जुट्न सक्छ । नगद सापटी लिएकाहरूले कारोबारमा जालझेल गरी झुक्याउन सक्छन् । चिसो वातवरणमा स्वास्थ्य प्रतिकूल हुनसक्छ, सावधानी अपनाउनुहोला ।

असाेज महिनाकाे राशिफल

मेष  

भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। दोस्रो सातासम्म स्थिति अलि प्रतिकूल रहनेछ। साझेदारीमा समस्या आउनेछ भने सगोलको सम्पत्तिमा विवाद आउन सक्छ।

नोकरी तथा व्यावसायिक काममा केही चुनौती भने देखापर्न सक्छन्। केही दौडधुप गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। तेस्रो सातादेखि आर्थिक पक्षमा विशेष उन्नति हुनेछ। घरायसी समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ।

पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। बीचमा काम रोकिने र अध्ययनमा बाधा हुने देखिन्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृष  

कृषि तथा व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा चोटपटक वा ज्वरो जस्ता समस्या देखिएलान्। बिनाकारण आफन्तजन टाढिन सक्छन्। आमा, भूमि, घर र गाईको विषयले केही चिन्ता बढाउन सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ।

साथीभाइ र बन्धुबान्धवको सहयोग लिने चेष्टा गर्नुहोला। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुन सक्छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने समय भएकाले सजग रहनुहोला। एकसाथ अनेक काम सुरु भए पनि परिवारिक असमझदारीले अप्ठ्यारोमा पुर्याउन सक्छ।

कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति पुर्याउन सक्छ। अध्ययनमा भने सामान्य प्रगति हुनेछ।

मिथुन 

महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ।

झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। धेरैको भलाइ हुने काम गर्न सकिनेछ। स्वास्थ्यमा चोटपटकको सम्भावना देखिएकाले हतियार र सवारी उपयोग गर्दा सावधान रहनुहोला।

कर्कट  

महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बनाउन सकिनेछ।

तापनि प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेममा खटपटी देखापर्नेछ भने गृहस्थी केही अशान्त रहनेछ। समयमा जिम्मेवारी पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ।

व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ।

सिंह  

राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। परिवारजनमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ।

स्वास्थ्य कमजोर रहे पनि प्रतिस्पर्धामा फाइदा उठाउन सकिनेछ। तापनि काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्।

कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। प्रतिस्पर्धीहरूका माध्यमबाट बढी लाभ हुनेछ। अध्ययनमा समय दिन नसक्नाले पछि परिने सम्भावना छ।

कन्या  

खर्च बढ्नाले आर्थिक अभाव देखा पर्न सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

अध्ययन र व्यवसायमा अलि बाधा हुनेछ। प्रतिकूल स्थानान्तरणले रोजगारीमा समस्या निम्त्याउन सक्छ। वादविवाद र मुद्दा-मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्।

तत्काल फाइदा नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। चुनौती देखिए पनि महिनाभरको आयस्रोत भने बलियै रहनेछ।

तुला  

विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्।

प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। भोगविलासका सामानहरू समेत प्राप्त हुनेछन्। दोस्रो सातादेखि पहिलेको व्यवहारले आम्दानी बढाउनेछ।

विशिष्ट व्यक्तिहरूसँग नियमित भेटघाट हुनुका साथै प्रतिष्ठित कार्य गर्ने वातावरण तयार हुनेछ। परिवारमा भने केही असमझदारी बढ्नेछ।

बृश्चिक  

विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्गे लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । मनग्गे अर्थ उपार्जन गर्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी मनग्गे फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ।

खर्च लागे पनि विशेष काम वा व्यवसायको जग बसाउने समय छ। बिग्रिएको सम्बन्ध पुन:स्थापित हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउनेछ।

धनु  

सरोकार नभएका विषयमा रुचि राख्नाले अनावश्यक दुःख पाइनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ।

बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ ।

नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। देशविदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। मेहनत गर्दा आम्दानीका विविध स्रोत फेला पार्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। शुभचिन्तकको सहयोगले विशेष कामहरू बन्नेछन्। साझेदारीका विषयमा भने वादविवाद हुन सक्छ ।

मकर  

काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ।

केही जरिवाना पनि सम्भावना छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

परिस्थितिलार्इ पछ्याउन नसक्दा महत्वपूर्ण वस्तु गुम्न सक्छ। तापनि जुझारु कार्यशैलीले केही काम सम्पादन हुनेछन्। बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ।

कुम्भ  

अरूको भरपर्दा काम रोकिन सक्छ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। बलजफ्तीले पनि काममा बाधा हुन सक्छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई समेत केही पीडा हुने ग्रहयोग छ।

सरकारी कामकाजमा विलम्ब हुनेछ। तापनि सुखदुःखमा साथ दिने शुभचिन्तकहरू भेटिनेछन्। आस मारेको काम बन्नाले केही उत्साह जाग्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ।

मीन  

अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ। समयकाे सदुपयोग गर्न नसकिएला। तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७