ड्युटीमा रहेका जवानले आफैलाई हाने गोली


७ आश्विन २०७५, आईतवार
gun

स्याङजा, ७ असोज । स्याङ्जामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

gun
सांकेतिक तस्विर

स्याङ्जा कारागारमा ड्युटीमा रहेका नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले आफैलाई गोली हानेका हुन् । उनले च्युँडोमा गोली हानेका थिए ।

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले एक जना प्रहरी जवानले ड्युटीमै आफैले आफैलाई गोली हानेको जानकारी दिएका छन् । उनले मृतकका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन् ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा ड्युटी खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफैलाई हानेका हुन् ।

गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएका उनको आज (आइतबार) बिहान करीब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेटमा ड्युटीमा खटिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७