एक फेसबुक पोष्टले रायको उड्यो जागिर


७ आश्विन २०७५, आईतवार
karar CfmfZPA9Xp

धनुषा, ७ असोज । फेसबुक सबैले चलाउँछन्, विभिन्न स्टाटस शेयर गर्छन् । तर जिल्ला अदालत धनुषामा कार्यरत खरिदार (डिट्ठा) गुञ्जा राउतलाई भने आफ्नो एउटै स्टाटस भारी बन्यो ।

karar CfmfZPA9Xp
गुञ्जा राउत

असोज ३ गते संविधान दिवसको दिन कालो दिवसको पोष्ट समाजिक सञ्जालमा शेयर गरेको निहुँमा उनी कामबाट निकालिएकी छन् ।

रायले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरेर असोज ३ गते संविधान दिवसको दिन कालो दिवसको पोष्ट फेसबुकमा शेयर गरेकै कारणले आफूलाई कामबाट निकालेको जानकारी गराएकी छन् ।

गएको असोज ५ गते अदालतका श्रेस्तेदार राधाकान्त झाले रायलाई थमाएको अवकाश पत्रमा उल्लेख गरिएको छ ‘२०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात् तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागू हुने गरी तपाईलाई अवकाश दिइएको छ ।’

तर निष्काशनमा परेकी रायले भने अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको र आफूलाई अवकाश पत्र थमाइएकोले संविधान दिवसमा कालो दिवसकै पोष्ट शेयर गरेकै कारणले निकालिएको दाबी गरेकी छन् ।

रायले भनिन्, ‘मैले फेसबुकमा कालो दिवसको अर्काको पोष्ट शेयर गरेको छु भने मलाई स्पष्टिकरण त अदालतले सोध्नु पथ्र्यो , तर त्यो कुरा समेत नसोधी मलाई निष्काशन गर्नु कतिको उचित हो ? ममाथि अन्याय भएकै छ ।’

उनले आफूलाई मात्र कामबाट हटाउने अरु केहि निहु नभई कालो दिवसकै पोष्ट शेयर गरेको कारणले निकालिएको दावी गरिन् ।

सबैको आफ्नो व्यक्तिगत स्वतन्त्रता समेत संविधानले प्रत्याभूत गरेको अवस्थामा आफूलाई पोष्ट शेयर गरेकै कारणले यदि अदालतले कामबाट निकालिएको छ भने त्यो न्यायपूर्ण नभएको उनको तर्क छ । राय २०७३ पुस १७ गतेदेखि जिल्ला अदालत धनुषाको डिठ्ठा पदमा करार रुपमा प्रवेश गरेकी हुन् ।

d08af856 2e22 4904 84e8 947033aa0de1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७