उत्तरको सन्देश लिएर कोरियाली राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने


७ आश्विन २०७५, आईतवार
moon jai

योन्हाप

सिओल, ७ असोज  । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाली नेता कीम जोङ–अनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मूनले अमेरिका भ्रमण गर्न लागेको हो ।

साथै, अमेरिकामा रहँदा राष्ट्रपति मूनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व समुदायसमक्ष अन्तर–कोरियाली शिखर बैठकका परिणामहरु जानकारी गराउनेछ ।  

‘राष्ट्रपति मूनले तेस्रो अन्तर–कोरियाली शिखर बैठकका बारेमा विस्तृत रुपमा अमेरिकी राष्ट्रपति र विश्व समुदायलाई जानकारी गराउनु हुनेछ,’ राष्ट्रपतिको सुरक्षा कार्यालयका वरिष्ट निर्देशक नाम ग्वान–प्योले बताए । मूनले उत्तर कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनः शुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृत रुपमा छलफल गर्ने कार्यक्रम रहेको पनि नामले बताए ।

उत्तर कोरियाले व्यक्त गरेका प्रतिबद्धता बमोजिम आणविक निःशस्त्रीकरणका कार्यहरु नभएको भन्दै असन्तुष्टी जनाएको संयुक्तराज्य अमेरिकाले पछिल्ला दिनहरुमा राजनीतिक भेटघाट स्थगित गरेको छ । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निर्धारित उत्तर कोरिया भ्रमण समेत अन्तिम समयमा स्थगित गरिदिएको थियो ।

तर मून र कीमले जारी गर्नुभएको संयुक्त वक्तव्यमा उत्तर कोरियाले डोङचाङ–रीस्थित क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रहार केन्द्रहरु बन्द गर्ने सहमति जनाएको छ । यही केन्द्रबाट लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सकिने र ती क्षेप्यास्त्रमा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ ।

अमेरिकाले सकारात्मक धारणा अघि सारे उत्तर कोरियाले योङब्योनमा रहेको मुख्य आणविक केन्द्रलाई बन्द गर्ने पनि प्रतिबद्धता जनाएको छ ।

मूनले उत्तर कोरियाली नेता कीमलाई यसै वर्षभित्र सिओल भ्रमण गर्न आमन्त्रण गरेकाे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७